मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गुमनाम धनकुटाका एतिहासिक सम्पदा

दमक पोष्ट by दमक पोष्ट
२०८० आश्विन २४, बुधबार १९:१२
in Banner News, कोशी प्रदेश, समाचार
0
गुमनाम धनकुटाका एतिहासिक सम्पदा
170
SHARES
530
VIEWS
Spread the love

धनकुटा, २४ असोज : राणाकालीन समयमा धनकुटा पूर्वी नेपालको प्रशासन सञ्चालनका लागि गौडाका रूपमा स्थापित केन्द्र थियो । धरानबाट नुन तथा मालासामान लिएर भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ आवतजावत गर्ने व्यापारी तथा भरियाको प्रमुख व्यापारिक केन्द्र यही थियो । उक्त समयमा यहाँ निर्मित, पटीपौवा, चौतारा, सडकलगायतका ऐतिहासिक संरचना अहिले संरक्षणविहीन बनेका छन् भने कतिपय नष्ट भएर गइसकेका छन् ।

सबैको बेवास्ताका कारण धनकुटा सदरमुकामस्थित धनकुटा नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक महत्व बोकेका सम्पदा संरक्षण र प्रवर्द्धन अभावमा गुमनाम हुँदै गएका छन् ।

धनकुटाको इतिहासमा छुट्नै नहुने धनकुटा बजारमा रहेको तत्कालीन प्रशासनिक केन्द्र धनकुटा गौँडा अहिले कहाँ छ भनेर खोज्नुपर्ने अवस्थामा गुमनाम छ । हाल नगरपालिकाको वडा नं ४ स्थित नेपाली सेनाको भीमदल गण ब्यारेकभित्र रहेको यो गौँडा सबैले नाम सुने पनि पछिल्लो पुस्ताका लागि परिचित छैन ।

संरक्षण अभावमा यहाँका सबै ऐतिहासिक वस्तु गुमनाम भएको बताउनुहुन्छ धनकुटा बहुमुखी क्याम्पसका पूर्वप्राधापक तथा धनकुटाको इतिहाससम्बन्धी जानकार ठाकुरप्रसाद बराल । धनकुटाकै परिचय बोकेको सल्लेरी वनभित्र रहेको महेन्द्र पार्क पुनःनिर्माण तथा संरक्षणमा एकलरूपमा निरन्तर लागिरहनुभएका बराल पुरातात्विक कुरा जोगाउन नगरवासी धेरै पछि परिसकेको बताउनुहुन्छ ।

बराल भन्नुहुन्छ, “धनकुटाका पुराना पाटीपौवा, चौतारा कङ्क्रिटिङ भरियो । कतिपय पाटीपौवा देख्दादेख्दै व्यक्तिगत घर बने । सडकमा छापिएका ढुङ्गा रातारात गायब भए । राम्रो बनाउने नाममा हाम्रो इतिहास बिगार्यौ ।” आफूले देख्दादेख्दै नगरमा घर बढेर व्यापार–व्यवसाय बढे पनि पर्यटक गुमनाम भएको र कुनै बेला पूर्वको शिक्षाको केन्द्र मानिएको धनकुटा क्याम्पससमेत अहिले विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्था देखिएको उहाँको भनाइ छ ।

जिल्लाकै पहिचानका रूपमा रहेको धनकुटा गौँडा, यहाँ रहेको पैसा छाप्ने टक्सार, बरपिपललगायत स्थानको तत्काल स्थानीय सरकारबाट संरक्षण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । त्यस्तै धनकुटा नगरपालिका–६ स्थित ऐतिहासिक ५२ ढोके दरबारमा अहिले एक निजी विद्यालय सञ्चालनमा छ । यो दरबार तत्कालीन राजदरबारबाट निष्कासनमा परेका यक्षविक्रम साहका निम्ति राजदरबारले बनाइदिएको थियो ।

तर पछिल्लो समयमा उनका छोरा श्यामराजालगायतका शाहहरूले अंशबण्डा गरेपछि उक्त दरबारमा निजी स्कुल सञ्चालनमा आएको स्थानीयबासी तथा नेपाल पत्रकार महासङ्घ धनकुटाका निवर्तमान सभापति राजेश्वरबहादुर श्रेष्ठको भनाइ छ । ऐतिहासिक महत्व बोकेको यो दरबार शाहहरूबाट किनेर सङ्ग्राहलयमा परिणत गर्नबाट धनकुटा नगरपालिका चुकेको इतिहासका जानकार बरालको तर्क छ । “अहिले पनि नगरपालिकाले किनेर साझा सम्पत्ति बनाउँदा धनकुटाको सान नै अर्कै हुन्छ”, उहाँले भन्नुभयो, “धनकुटाले इतिहास चिनेन र यसको मूल्य पनि चिनेन ।”

ऐतिहासिक महत्व बोकेको धनकुटा गौँडा सर्वसाधारणका लागि खुला गर्न नेपाली सेनासँग कुरा भइरहेको उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईको भनाइ छ । राणाकालमा स्थापित प्रशासनिक तथा व्यापारिक केन्द्र भएसँगै धनकुटा बजारमा बटुवा र भरियाका लागि नगरमा अनगिन्ती चौतारा र पाटीपौवा निर्माण भएको देखिन्छ । एक प्रकारले धनकुटा नगरपालिका कुनै बेला चौतारी नै चौतारीको नगर थियो । अहिले पनि नगरमा बाक्लै चौतारा छन् । अधिकांश चौतारी भौतिक संरचना निर्माणसँगै काटिएर मासिए भने बाँकी भएका कतिपय ऐतिहासिक चौतारी संरक्षणविहीन बनेका छन् ।

पछिल्लो समय सबै ठाउँ बाटाघाटा पुगेपछि प्रयोगविहीन बनेका यहाँ निर्मित पाटीपौवा र बरपिपलका चौतारीहरू नाममा सीमित छन् । यस्ता ऐतिहासिक विषय समाज र राज्यको सम्पत्ति भए पनि यसप्रति नागरिक र जनप्रतिनिधि सचेत नहुँदा संरक्षण नभएको पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष राईको भनाइ छ ।

नागरिक, भूगोल र त्यहाँका सम्पदा मिलेरै राष्ट्र बन्ने भएकाले यहाँका ऐतिहासिक र पुरातात्विक सम्पदाको नाश हुँदा नगरवासीलाई मात्र नभएर देशलाई नै घाटा हुने उहाँको भनाइ छ । राणाकालीन समयमा बजार क्षेत्रको तीन किलोमिटरभन्दा बढी च्याप्टो ढुङ्गाले छापिएको सडक विसं २०५६ बाट भत्काएर कालोपत्र गरिसकिएको छ । यसले नगरवासीलाई केही सुविधा त भयो तर यसले धनकुटा बजारलाई ठूलो क्षति भएको वडा नं ३ का अध्यक्ष विकास घिमिरेको भनाइ छ ।

यहाँका ऐतिहासिक सम्पदा जगेर्ना गरेर पर्यटन प्रवर्द्धनमा धनकुटावासी चुकेको उहाँको पनि भनाइ छ । पुरानो पुस्ताको बेवास्ता तथा नयाँ पुस्तामा ऐतिहासिक र पुरातात्विक महत्वसम्बन्धी जागरण नहुँदा पुराना कुराको संरक्षण हुन नसकेको धनकुटाका प्रा डा गोपालबहादुर भट्टराईको भनाइ छ । पुरातात्विक महत्वका सम्पदालाई समग्र धनकुटाको आर्थिक अवस्था मजबुत बनाउने आधारका रूपमा विकास गर्न नसक्नु धनकुटावासीको दुर्भाग्य भएको उहाँको भनाइ छ ।

अहिले राणाकालमा निर्मित धनकुटा बजारको ऐतिहासिक बिहीबारे हटिया पुनःनिर्माण भएर यसको पुरानो स्वरुप नष्ट भइसकेको छ । त्यस्तै यस नगर क्षेत्रमा मात्र पाइने ‘किरात आठपहरिया’ जातिको टिनको छाना लगाउन नहुने भनिएका खरले छाइएका घुमाउने घरसमेत नष्ट हुँदै गइरहेका छन् ।

साविक जिविसमा योजनासम्बन्धी २० वर्षभन्दा लामो अनुभव बटुलेका हाल धनकुटा नगरपालिकामा प्रशासन योजना तथा अनुगमन अधिकृत रहनुभएका सीताराम गौतमले नागरिकले सधैँ नयाँ कुराप्रति आकर्षित हुने भएकाले पुराना कुरा छाड्दै गएको हुनसक्ने जिकिर गर्नुभयो ।

नगरका जति पनि पुराना संरचनाको ठाउँमा नयाँ बनेका छन् ती सबै नागरिकको माग र स्थानीय तहहरूको समेत लगानीमा पुनःनिर्माण हुँदै आएको उहाँको भनाइ छ । समाजको विकासक्रमसँगै यहाँका ऐतिहासिकस्थल तथा सम्पदाको संरक्षण नहुँदा धनकुटा बजार क्षेत्र केवल घर नै घरको बजारमात्र बन्न पुगेको छ ।

विसं २०४० मा धनकुटा बजारबाट भोजपुर, सङ्खुवासभा तेह्रथुम जाने मोटरबाटो बजारको बीच भागबाट लैजान नदिएर सडक बाहिरबाट गएपछि यो बजार उस्तै साँघुरो अवस्थामा छ । पछिल्लो समय पूर्वाञ्चलका १६ जिल्लाको सदरमुकाम रहेको गुल्जार नगरपालिका देश सङ्घीयतामा गएपछि धनकुटा जिल्ला सात स्थानीय तहमा विभाजन भएसँगै यो नगर थप कमजोर भएको छ ।

धनकुटा नगरपालिका क्षेत्रमा रहेको ऐतिहासिक तथा पुरातात्विकस्थलका लागि कार्यक्रम नभएको तर संस्कृति प्रव्द्र्धनका लागि नगरपालिकाले योजना र बजेट विनियोजन गर्दै आएको नगरका उपप्रमुख भीमादेवी खनालले जानकारी दिनुभयो । नगर क्षेत्रको आर्थिक विकासका लागि यस वर्षबाट बन्दीपुरको घरबास (होमस्टे)मोडलमा आधारित होमस्टे सञ्चालनको कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेका ऐतिहासिक विषयमा भने आफूहरूको ध्यानाकर्षण भएकाले आगामी नगरको नीति तथा कार्यक्रममा यसलाई समावेश गरिने उहाँको भनाइ छ ।


Spread the love
Previous Post

इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख सहयोग

Next Post

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० आश्विन २४, बुधबार १९:१२
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० आश्विन २४, बुधबार १९:१२
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० आश्विन २४, बुधबार १९:१२
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० आश्विन २४, बुधबार १९:१२
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० आश्विन २४, बुधबार १९:१२
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० आश्विन २४, बुधबार १९:१२
Next Post
अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!