काठमाडौँ, १९ असोज । दशैंका लागि सार्वजनिक सवारी साधनमा अग्रिम टिकट बुकिङ असोज २२ गतेदेखि खुल्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच शुक्रबार भएको छलफलले २२ असोजबाट चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।
वर्षातका कारण बिग्रेका सडकहरू तत्काल सुधार गर्न मन्त्री ज्वालाले करिब १५ दिनअघि नै निर्देशन दिइसकेको यातायातमन्त्री ज्वालाका प्रेस संयोजक जीवन बीसीले जानकारी दिएका छन् । उनका अनुसार सडकहरू सुधारको काम भइरहेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सरकारले सडकका खाल्डा खुल्डी पुर्ने र व्यवसायीले बसको व्यवस्थापन गरी टिकट खुलाउने निर्णय भएको जानकारी दिए ।
Discussion about this post