- २० भदौ २०८०दमक ।
झापा दमक १ निवासी डा. प्रज्वल कोईराला हराएको १०दिन पछी मृत फेला परेका छन ।उनी सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालीका वडा न.२ कोशी भॅगला छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लाश देखेर प्रहरीलाई खबर गरी गएर हेर्दा सुरक्षा वेश चतराका ईन्चार्ज शसस्त्रका प्रहरी निरीक्षक देवेन्द्र रोक्काले उक्त लाश दमकका डा.प्रज्वल कोईरालाको भएको जानकारी गराएका हुन ।
रोक्काले जानकारी दिएअनुसार ४ बजे खवर आएपछी विपद व्यावस्थापन टोलिले लाश ६ बजे ल्याएका थिए । लाशको पोष्टमाटमका लागी धरानको विपी मेमोरियल हस्पीटल पठाईएको जानकारी गराए ।डा .कोईराला आईतबारको डीउटी सकिएर हिडेका थिए । हिडेको भोलीपल्ट उहॅाको गाडी भदौ ११ गते चतराको पुलमा बिहान फेला परेको थियो।
गाडी छोडेका क्षेत्रमा राखीएको सिसि क्यामेराको सहायताले खोज्ने कार्य फुटेजको पुलको छेउमा टहलाएको देखिएता पनि लाश भेट्न सकिएको थिएन । प्रहरीका अनुसार अन्तीम पटक प्रेमी भनीएका एक युवती सॅग कुराकानी भएको देखीएको छ ।ती युवती सॅग वयान लिदा दुवैजना विच प्रेम सम्वन्ध रहेको समेत पाईएको छ ।
कोईराला मदन भन्डारी ट्रमा सेन्टर ऊर्लावारीमा सर्जन डाक्टरको रुपमा कार्यरत थिए ।लाईफलाईन हस्पीटलमा लामो समय सम्म दमकमा कार्यरत थिए ।सिसि फुटेज मोवाईलको कल डिटेल र युवतीको वयानलाइ आधार मान्दा कोरालाको प्रेम सम्वन्ध सफल नभएको अवश्था बुझेर आत्माहत्या गरेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
लाश पहिचानका लागी आफन्त लाई खबर गरिएको थीयो
यता मृतकका बुवा दिवाकर कोईराला सहित दमक १ अध्यक्ष हरि प्रसाद न्योपाने सहित गएको टोलीले पहिचान गरे अनुसार लाश डा. कोईरालाकै भएको खुलेको छ ।अध्यक्ष न्योपानेका अनूसार लाश बूधवार ल्याउने तयारी गरेको वताईएको छ।
Discussion about this post