मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी

दमक पोष्ट by दमक पोष्ट
२०८० भाद्र ५, मंगलवार ०९:२३
in Banner News, समाचार
0
गैँडाकोटको बसेनी गाउँ : पहिले पाखो बारी, अहिले सुन्तला घारी
168
SHARES
526
VIEWS
Spread the love

मध्यविन्दु (नवलपरासी), ५ भदौ : सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट–१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको छ । भिरालो र नाङ्गो जमिन अहिले सुन्तालाको बगैँचाले हरियालीमात्रै भएको छैन , भदौको अन्तिम सातासम्म बिक्रीका लागि सुन्तला तयारसमेत हुँदैछ ।

चौसठ्ठी वर्षीय गुप्तप्रसाद रेग्मीको सुन्तला बगैँचामा उन्सु प्रजातिको सुन्तला बिक्रीका लागि तयार हँुदै छ । टीकारत्न टुल्की कृषि फार्म दर्ता गरी उहाँले विसं २०७५ बाट व्यावासायिकरूपमा सुन्तला जातका फलफूलको खेती लगाउँदै आउनुभएको छ । “चौध रोपनीबाट सुरु गर्नुभएको सुन्तला जातका फलफूलको व्यावसायिक खेतीलाई अहिले ८२ रोपनीमा विस्तार गरेका छौँ”, उहाँले भन्नुभयो ।

एभोकाडो लगाउने योजनासहित बसेनीमा जग्गा खरिद गरे पनि सुनकागती–१ लगाउन धेरै जनाले सल्लाह–सुझाव दिएपछि सुरुमा कागतीबाट व्यावयसायिकरूपमा फलफूलखेती सुरु गरेको किसान रेग्मीले बताउनुभयो । “सुन्तला बगैँचामा उन्सु जातका सहित १५ सय बोट सुन्तला, १२ सय बोट सुनकागती–१, तीन सय बोट निबुवा, किन्यु, जुनार, लप्सी, टिमुर, स्याउ, आँप, लिचीलगायत फलफूल रहेका छन्”, उहाँले भन्नुभयो, “यो सिजनमा सुन्ताला र सुनकागती–१ को बिक्रीबाट रु १० लाख आम्दानी हुन्छ होला, गत वर्षभन्दा अहिले कागती र सुन्तलाको उत्पादन राम्रो छ ।”

सुन्तला बगैँचामा अहिले भदौ दोस्रो हप्ता पाक्ने उन्सु जातको सुन्तलासहित असोजको अन्तिम हप्तामा पाक्ने नागपुरे जातको सुन्तला, मङ्सिरको १५ देखि पुससम्मको लागि स्थानीय खोको जातको सुन्तला र फागुनमा किन्यो जातको सुन्तला बिक्रीका लागि तयार हुने रेग्मीले बताउनुभयो । “जग्गा खरिददेखि व्यवस्थापन सबैमा गरी अहिलेसम्म रु दुई करोड ५० लाख लगानी गरिसकेको छु”, उहाँले भन्नुभयो “अब बल्ल राम्रोसँग उत्पादन दिने समय भयो, अहिले बगैँचामा दुईदेखि पाँच वर्षसम्मका बिरुवा हुर्किराखेका छन् ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सिँचाइ, मेसेरेनरी औजार र बिरुवामा ५० प्रतिशत अनुदानसँगै फलफूल लगाउने आवश्यक ज्ञान, सीप, रोग कीराका बारेमा सहजै सल्लाह–सुझाव पाउँदा व्यावसायिक खेतीलाई बढाउन र पेसामा टिक्नका लागि ऊर्जा मिलेको उहाँले बताउनुभयो ।

पहाडी गाउँमा व्यावसायिक कृषि फार्म सञ्चान भएसँगै स्थानीयले रोजगारीसमेत पएका छन् । “पन्ध्र दिनको फरकमा दुई सय कामदार लगाएर बोटबिरुवा गोडमेल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “कामदार प्रयोग गर्दा सबै यहीँ गाउँका दाजुभाइ, दिदीबहिनीलाई बोलाउने गरेका छाँै ।”

कोदो र मकैमात्रै लगाएर जीविको चलाउँदै आएका यहाँका स्थानीयलाई पहिले गाउँमा सुन्तालाखेती हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । “रेग्मीसरकोे टीकारत्न टुल्की कृषि फार्ममा काम गर्न जाँदा पनि यस्तो ठाउँमा किन लगानी गरेको होला भन्ने लागेको थियो”, स्थानीय युवबहादुर सारुले भन्नुभयो ।

बसेनीमा सुन्तलाको बोट सपिँ्रदै गयो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आवश्यक सल्लाह–सुझाव, तालिम, अनुदान प्राप्त भएपछि अहिले गाउँ नै सुन्तलाको बगैँचा बनेको सारुले बताउनुभयो । यहाँको दोडेटोलका किसान पनि मकै, कोदो छोडेर सुन्तला लगाउन थालेका छन् ।

“बत्तीस रोपनीभन्दा बढीमा छ सय सुन्तलाको बोट लगाएको छु”, सारुले भन्नुभयो, “पहिले कसैले विश्वास गरेका थिएनन् अहिले सुन्तलाको बोट हुर्किएको देखेर म आफैँ दङ्ग परिरहेको छु ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्य जिल्लामा सुन्तालको बगैँचा अवलोकनमा जाँदा यहीँ माटोमा मेहनत गर्ने ऊर्जा मिलेको सारुले बताउनुभयो ।

परियोजनाले जिल्लामा विसं २०७५ बाट सुन्तलाजातका फलफूल जोनको कार्यक्रम सुरुआत गरेको हो । सुरुमा तीन सय ३१ हेक्टरमा हँुदै आएको खेती परियोजना सुरु भएपछि अहिले आठ सय १८ हेक्टर क्षेत्रमा विस्तार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । “जिल्लामा परियोजनाले सुन्तलाको पुरानो बगैँचा व्यवस्थापन, नयाँ निर्माण, नर्सरी निर्माणसहित किसानलाई प्रविधिसँग जोड्दै उत्पादन क्षेत्र विस्तारमा काम गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

जिल्लामा सुन्तालाको सबैभन्दा धेरै बगैँचा भएको क्षेत्र नै गैँडाकोट– १८ रहेको उहाँले बताउनुभयो । “यहाँ किसानले करिब १५ हजार सुन्तालका बोट लगाएका छन्”, उहाँले भन्नुभयो । जिल्लाको वुलिङ्टार, बौदिकाली गाउँपालिका, गैँडाकोट–१८, देवचुली–६, हुप्सेकोट–५ र मध्यविन्दु–८ र १५ मा सुन्तलाजात फलफूल जोन कार्यक्रम सञ्चालन गरिएको छ । कृषक समूह र उद्यमी गरेर पाँच सयभन्दा बढी किसान यसमा आबद्ध भएको परियोजनाले जनाएको छ ।


Spread the love
Previous Post

नेकपा एसको केन्द्रीय कमिटीको बैठक बस्दै

Next Post

जीवनचक्र समाजको अध्यक्षमा पुनः गौतम

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०८० भाद्र ५, मंगलवार ०९:२३
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०८० भाद्र ५, मंगलवार ०९:२३
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० भाद्र ५, मंगलवार ०९:२३
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० भाद्र ५, मंगलवार ०९:२३
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० भाद्र ५, मंगलवार ०९:२३
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० भाद्र ५, मंगलवार ०९:२३
Next Post
जीवनचक्र समाजको अध्यक्षमा पुनः गौतम

जीवनचक्र समाजको अध्यक्षमा पुनः गौतम

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!