मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै

दमक पोष्ट by दमक पोष्ट
२०८० श्रावण १३, शनिबार २१:५२
in Banner News, कोशी प्रदेश, समाचार
0
पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै
171
SHARES
533
VIEWS
Spread the love

भोजपुर, १३ साउन (रासस) : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर संरक्षण थालिएको हो ।

विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि रू २० लाखका दरले बजेट विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

“पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।” पोखरीको ऐतिहासिकस्वरुपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उहाँको भनाइ छ ।

पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । “यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ । यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ।”

बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताउनुभयो । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उहाँको भनाइ छ । “पाँचधारे एक ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल हो”, शाक्यले भन्नुभयो, “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।” उहाँका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरुले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् ।

पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताउनुभयो । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गर्नुभएको उहाँको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।

“किरातमा यो पोखरीप्रति आस्था छ”, राईले भन्नुभयो, “स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।”

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ–५ खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उहाँले जानकारी दिनुभयो । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताउनुभयो ।

सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिनुभयो । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ छ ।

“यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमासमेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । “हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ”, उहाँले भन्नुभयो, “भौगोलिकरुपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।”

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । “पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् । यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।”


Spread the love
Previous Post

नेत्री सुचीलाई कारागारबाट सारियो

Next Post

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

सम्बन्धित समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०८० श्रावण १३, शनिबार २१:५२
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०८० श्रावण १३, शनिबार २१:५२
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०८० श्रावण १३, शनिबार २१:५२
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०८० श्रावण १३, शनिबार २१:५२
सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।
समाचार

सरकारले बर्दियाबाट जग्गा बितरण शुरु गर्यो,२९ परिवारले पाए लालपुर्जा ।

२०८० श्रावण १३, शनिबार २१:५२
म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।
समाचार

म समय अनुसार क्रमभॅग गरिराख्ने नेता हॅु,नत्र अहिले सम्म प्रचन्ढपथ भैरहन्थ्यो ।

२०८० श्रावण १३, शनिबार २१:५२
Next Post
पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

पर्यटकको मनै लोभ्याउने ‘लोदेन’

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!