दमक – नेपाली गीतसंगीतको विकासमा लामो समयदेखि दमकमा सक्रिय संस्था हो–’सुरभि कला केन्द्र’ । यहि, सुरभि कला केन्द्रले सोमबार दमकमा गूरु पूर्णिमाको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गर्यो ।
दमकस्थित मारवाडी सेवा सदनमा आयोजित कार्यक्रममा नेपाली गीतसंगीतको क्षेत्रका वरिष्ठ संगीतकार तथा साहित्यकार शिवशंकर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सुरभि कला केन्द्रका संस्थापक तथा प्रशिक्षक अनिल फागोले गूरु पूर्णिमाको अवसरमा कार्यक्रम गर्नुका सन्दर्भमा प्रष्ट पारेका थिए ।
गायक तथा संगीतकार समेत रहनुभएका सुरभि कला केन्द्रका संस्थापक तथा प्रशिक्षक फागोले गूरु पूर्णिमाको अवसरमा एकै मञ्चमा भेला भएर आ–आफ्ना रचना र प्रतिभा देखाउनुको एउटा बेग्लै आनन्द रहने बताए । फागोले संगीत साधनामा निकै कडा मिहेनत आवश्यक रहेको बताए । गुरुले संगीतको सुर, ताल र लयसहितको सुत्र दिने भएपनि संस्कार, परिश्रम, साधना चाहि स्वय कलाकारले निर्माण गर्दै अघि बढ्नु पर्ने बताए । उनले संगीत सिक्न थालेको दुई महिनाभित्रै राष्ट्रिय गायक र चर्तित गायक बन्न नसक्ने ठोकुवा गरे । गुरुले सवै कुरा दिन सक्दैनन् ।
कार्यक्रममा सुरभि कला केन्द्रका नयाँ तथा पुराना संगीतकर्मीहरुले प्रशिक्षक फागोलाई मायाको चिनोसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सो कार्यक्रममा सुरभि केला केन्द्रका पूर्व विद्यार्थी तथा चर्तित गायक विनोद राई, गंगा थुलुङ लगायत दर्जन बढीले आ–आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।
त्यस्तैं, कार्यक्रममा अहिलेका चर्चित गायक नन्दु गुरुङ, कालकार सुवास खरेल, पत्रकार तथा नाटककार चेतन डर लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार तथा साहित्यकार शिबशंकर थापाले गूरु पूर्णिमाको अवसरमा सवै सवै सहभागिहरुलाई शुभकामना र शुभेच्छा व्यक्त गरेका थिए । सो कार्यक्रमको सञ्चालन डेनियल सुनुवारले गरेका थिए ।
Discussion about this post