गौरादह, १५ असार । झापाको कमलमा नेपाली कांग्रेसको भातृ संघ नेपाल किसान संघको आयोजनामा साथै नेपाली कांग्रेस गौरादह नगर समितिको सहयोगमा आज शुक्रबार रास्ट्रिय धान दिवसको अवसरमा सामुहिक धानरोपण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि लक्ष्मी चिमरिया, क्षेत्रिय सदस्य निर्मला रिमाल, प्रदेश सह-सचिव इन्दिरा बिष्टको संयोजन र ब्यबस्थापनमा सम्पन्न भएको हो । कार्यक्रममा हाम्रो कृषिप्रदान देश नेपालको संस्कृतिको जगेर्ना गर्दै असार गित गाई दहि चिउरा खाएर, पुरुष दाजुभाईहरुले बीउ काढ्ने, बाहुसे गर्ने र महिला दिदीबहिनिहरुलाई रोपार गरेर सामूहिक धानरोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त सामूहिक धानरोपण कार्यक्रम गौरादह नगरपालिका वडा नं. १, स्थित डिड्ठा चोक उत्तर गया टोलमा सम्पन्न भएको हो ।
Discussion about this post