कमल, १४ असार : झापाको कमलमा असार १६ गते शनिबार वृत्ती परामर्श तथा रोजगार मेला सञ्चालन हुने भएको छ ।
नेपाल सरकार र स्वीजरलैण्ड सरकारबीचको सम्झौता अनुसार सञ्चालनमा रहेको दिगो तथा सम्मानित रोजगारीको लागि सीप परियोजना अन्तर्गत रोजगारदाता र रोजगारको खोजीमा रहेका युवायुवतीहरुबीच समन्वयकारी भुमिका निर्वाह गर्न मद्धत पुर्याउने उद्धेश्यले कमल गाउँपालिकाले कमल उद्योग वाणिज्य संघसँगको सहकार्यमा आयोजना गर्ने मेलाका बिषयमा गाउँपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
हेल्भटास नेपालको प्राविधिक सहयोगमा कमल ३ स्थित केर्खामा रहेको केर्खा खैलामैदानमा बिहान ९ बजेदेखि ३ बजे सम्म सञ्चालन हुने मेलामा गाउँपालिकाको रोजगार शाखा, गाउँपालिकामा सञ्चालित प्राविधिक शिक्षालय, गाउँपालिकाका उद्यमी व्यवसायीहरुले उत्पादन गरेका उत्पादनहरु लगायतको स्टल रहने जनाइएको छ ।
उक्त मेलाको उद्घाटन जिल्ला समन्वय समिति झापाका संयोजक विश्व बरालले गर्ने जनाइएको छ ।
Discussion about this post