काठमाडौं, १३ असार । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र ताप्लेजुङ जोड्ने खण्ड फेरि अवरुद्ध भएको छ ।
असार ३ गतेको बाढीले हेवा खोलामा पुल बगाएपछि १० दिनपछि ह्युमपाइपबाट पानी तर्काइ हिजोदेखि गाडी गुड्न र ढुवानीका साधन आवतजावत गर्न थालेका थिए ।
तर, गएराति आएको बाढीका कारण खोलामा पानीको मात्रा बढेपछि अस्थायी रुपमा बनाइएको डाइभर्सनको सतह पार गरेपछि यो खण्ड फेरि अवरुद्व भएको हो ।
खोलामा पानीको बहाव बढेको छ । पानी डाइभर्सनमाथि बाट बगेकाले यात्रा नगर्न भनिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बताउनुभयो ।
पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भइ बग्ने हेवा खोलामा यसअघि ह्युम पाइपबाट पानी तर्काएर डाइभर्सन गरी फिदिम ताप्लेजुङ खण्ड खुलाइएको थियो ।
Discussion about this post