ओमान – गैरआवासीय नेपाली सोसल क्लब ओमान र नेपाली राजदूतावास मस्कटको श्रमिक सचेतना सम्बन्धी संयुक्त कार्यक्रम भएकोछ ।
ओमानको सलालामा नेपाली राजदुताबासको घुम्ती सेवा अन्तर्गत पहिलोपटक मोबाइल किटबाट नेपाली बिधुतिय राहदानीको लागि लाइभ इनरोलमेन्ट अर्थात तस्विर खिच्ने, औठाछाप लिने, डिजिटल हस्ताक्षर संकलन काम भएको छ ।
संयुक्त आयोजित कार्यक्रममा बोल्दै राजदूत महामहिम डोरनाथ अर्यालले हरेक बर्ष डिसेम्बर र जुन महिनाको अन्तिम साता नियमितरुपमा सलालामा घुम्ती सेवा आयोजना गरिने र सोहीअनुसार दोफार क्षेत्रमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई उक्त अवसरहरुको फाइदा लिनको लागि सूचना प्रवाह गर्न अनुरोध गर्नु भयो । साथै धेरै संख्यामा नेपाली रहनु भएको अन्य क्षेत्रमा पनि पहिचान गरि घुम्ती सेवा संचालन गर्न कार्यतालिका छिटै सार्वजनिक गरिने कुरा उहाँले बनाउनु भयो । राजदूत अर्यालले सेवा प्रवाहलाई केन्द्रमा राखी विषयगत रुपमा विभिन्न हट लाइनको व्यवस्था गरिएको र सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउन यथासक्य पहल गरिने कुरा बताउनु भयो ।
सो कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली सोसल क्लब (एन सि सि) ओमानका अध्यक्ष श्री बिकल झाले राजदूतावाससँग सहकार्य गरी आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु आयोजना गरि गैरआवासीय नेपालीहरुलाई सेवा प्रदान गरिने बताउनु भयो। साथै सो अवसरमा उहाँले वैदेशिक रोजगार सामाजिक सुरक्षा कोषको बारेमा अवगत गराउदै यसमा आवद्ध भएर फाइदा लिन अनुरोध गर्नुभयो । श्रम स्वीकृति नवीकरण लिने तरिका बारेमा जानकारी गराउदै श्रमिक सम्बन्धी कुनै पनि समस्या परेमा NRNSC (एन सि सि) का कुनै पनि सदस्यहरुलाई कुनै पनि समयमा सम्पर्क गर्न अनुरोध गर्नु भयो।
गैरआवासीय नेपाली सोसल क्लब ओमानको सलालास्थित क्षेत्रीय समिति तथा सलालास्थित नेपाली स्वयम् सेवकहरुको बिशेष सहयोग भएको उक्त कार्यक्रम बाट श्रम सचेतना, राहदानी नबिकरण तथा कन्सुलर सम्बन्धी कामहरु भएको छ ।
साथै सो अवसरमा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्ने र पुनः श्रम स्वीकृति लिने तरिका बारेमा जानकारी गराइनुका साथै विधिवतरूपमा कायम रहेका घरेलु कामदारले नेपालमा श्रम गर्न भर्नुपर्ने अनुसूची ८ प्रदान गरी सेवा प्रदान गर्ने लगायतका कन्सुलर सम्बन्धी सेवा पनि प्रदान गरिएको थियो ।
जुन १६ शुक्रवार र १७ शनिबार दुई दिनमा करिब ५०० जना सेवाग्राहीहरु ले सेवा लिएको नेपाली दूतावास मस्कट्र र एन आर एन सोसल क्लबले जनाएको छ।
Discussion about this post