दमक, जेठ १८ : झापाको गौरीगञ्ज गाउँपालिकाले अत्यधिक गर्मी बढेपछि विद्यालयहरु २ (दुई) दिन विदा दिएको छ ।
गौरीगञ्जका शिक्षा शाखा प्रमुख टंक प्रसाद खरेलले सूचना निकालेर आगामी बर्खे हिउदे विदाबाट कट्टा हुनेगरी जेठ १९ र २१ गते विद्यालय विदा दिन अनुरोध गरेका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा समेत असर पर्न भएकाले गौरीगञ्ज गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख खरेलले जानकारी दिए ।
हेर्नुहोस् सूचनाः
Discussion about this post