मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ ७, आईतवार ०७:५२
in समाचार, स्वास्थ्य
0
घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
165
SHARES
515
VIEWS
Spread the love

ढोरपाटन, ७ जेठ (रासस) : पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्य छ । नगरपालिकाले वडा–वडामा बर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज पुर्याएपछि ‘होमडेलिभरी’ हुनेको सङ्ख्या शून्यमा झरेको हो ।

नगरपालिकालाई ‘शून्य होमडेलीभरी’ गराउनका लागि महिलालाई सचेत बनाउने र समय–समयमा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम गर्न थालेपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्यामा कमी आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो । सबैभन्दा विकट मानिने वडा नं १० को रमुवामा पनि बर्थिङ सेन्टर स्थापनापछि ‘शून्य होमडेलिभरी’ हुन थालेको उहाँको भनाइ छ । पछिल्लो समय ग्रामीण क्षेत्रका महिला पनि सचेत र शिक्षित बन्दै गएपछि घरमा सुत्केरी हुने महिलाको सङ्ख्या घटेको उहाँ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा धेरै महिला दिदीबहिनीले स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गमाउनुप¥यो, दुर्गम बस्तीका महिलालाई सुत्केरी बिमार लाग्छ, घरमा सुत्केरी नभएपछि परिवारले ढिला अस्पताल लैजान्छन्, ढिला अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी हुने, त्यसरी बाटोमा सुत्केरी हुँदा कहिले बच्चाको मृत्यु हुने कहिले आमाको मृत्यु हुने अवस्था थियो, अहिले यहाँ त्यस्तो समस्या छैन, हरेक बस्तीको पायक पर्ने ठाउँमा स्वास्थ्यचौकी, बर्थिङ सेन्टर छन्, त्यहाँबाट सेवा प्रदान गर्न थालेपछि आमा र बच्चाको मृत्यु कम भएको पाएको छु भने घरमा सुत्केरी हुने परम्परा पनि हटेको छ ।”

उहाँले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले रु चार हजार पाँच सय प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको बताउनुभयो । ‘नगरप्रमुख मातृ तथा पोषण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले बनाएको मापदण्डअनुसार आठपटक स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराएपछि नगरपालिकाले यो सुविधा दिने गरेको प्रवक्ता भण्डारीको भनाइ छ । गलकोटका कुनै पनि स्वास्थ्य संस्थामा गर्भवती हुन नसके बागलुङ वा अन्य कुनै अस्पतालमा पठाउनु परे नगरपालिकाले यातायात खर्चसमेत दिने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले महिला पहिलो स्वास्थ्य संस्थामा जाँच गर्न आउँदादेखि नै उनीहरूलाई परामर्श दिने गरेको र सोहीअनुसार महिला सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउनुहुन्छ । उहाँले आवश्यकताका आधारमा नगरपालिकाले दुर्गम स्थानमा बर्थिङ सेन्टर स्थापना गरेपछि स्थानीय गर्भवती महिलाले गाउँमै स्वास्थ्य परीक्षण गराउन पाएको र स्वास्थ्यकर्मीले समय–समयमा ‘होमडेलिभरी’का बारेमा जानकारी गराउने हुँदा नगरपालिकामा ‘होमडेलिभरी’ शून्य हुन पुगेको जानकारी दिनुभयो ।

“पहिले–पहिले रमुवा क्षेत्रमा घरमै सुत्केरी भएको भन्ने सुनिन्थ्यो, अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, अहिले वडा–वडामा बर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनी पनि सचेत र शिक्षित बन्दै जानु भएको छ”, प्रमुख पौडेलले भन्नुभयो, “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुनेरहेछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलोपटकदेखि नै काउन्सिल गरिरहेका हुन्छौँ, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो, केही समययता घरमै सुत्केरी भएको सुनिएको छैन ।”

बर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनाइएको छ । दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा शिशुको मृत्यु हुने गरेको भए पनि अहिले त्यो समस्या नभएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताउनुभयो । नगरपालिकाले विसं २०७५ देखि ‘नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । गलकोट नगरपालिकामा नौवटा बर्थिङ सेन्टर, सातवटा स्वास्थ्यचौकी, एउटा नगर अस्पताल, तीनवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सहरी स्वास्थ्य केन्द्र रहेका छन् । पालिकाका सातवटै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।


Spread the love
Previous Post

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

Next Post

अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि

सम्बन्धित समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।
समाचार

प्राइमरीमा उत्कृष्ट मत, सांसद बन्ने अवसर गुमाएका विजय जैरु अब रास्वपाका केन्द्रीय सदस्य ।

२०८० जेष्ठ ७, आईतवार ०७:५२
फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।
समाचार

फलानोको फोन आएर सोचौला भनेर मैले उम्मेद्दारी दिईन ।

२०८० जेष्ठ ७, आईतवार ०७:५२
दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।
समाचार

दशॅौ खोटॅाग एमाले पुर्ण बैठक सम्पन्न,प्रभावकारी मिशन जागरण अभियान सॅचालन गर्ने ।

२०८० जेष्ठ ७, आईतवार ०७:५२
भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० जेष्ठ ७, आईतवार ०७:५२
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० जेष्ठ ७, आईतवार ०७:५२
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० जेष्ठ ७, आईतवार ०७:५२
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

अफगानिस्तान हेलिकप्टर दुर्घटनामा दुई विमान चालकको मृत्यु भएको पुष्टि

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!