मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

दमक पोष्ट by दमक पोष्ट
२०८० बैशाख २६, मंगलवार २०:२९
in Banner News, समाचार, स्वास्थ्य
0
कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’
164
SHARES
514
VIEWS
Spread the love

झापा, २६ वैशाख (रासस) : कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् ।

इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा दीपा दियालीले रासससँग बताउनुभयो । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा दियालीले बताउनुभयो । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

झापा र इलामका २७ हजार पशुमा सङ्क्रमण

इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताउनुभयो । केन्द्रलाई झापा र इलाम दुवै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ ।

उहाँका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन् । झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् । इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उहाँले जानकारी दिनुभयो ।

झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ ।

इलामको इलाम नगरपालिकामा तीन हजार दुई सय, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार तीन सय, माइजोगमाईमा एक हजार पाँच सय वटा गाईगोरुमा यो रोगको सङ्क्रमण देखिएको छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरल पदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताउनुभयो ।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’ बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो । गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिनुभयो । “गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ”, भट्टराईले भन्नुभयो, “खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ ।”

झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन् । रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन् ।

कोशी प्रदेशका अधिकांश जिल्लामा यसको प्रकोपले महामारीकै स्वरूप लिइसक्दा समेत सरकारीस्तरबाट नियन्त्रणका लागि ठोस कार्यक्रम आउन नसकेको इलामको पशुपतिनगरका कृषक भीमबहादुर भण्डारीले बताउनुभयो । सरकारले रोगको रोकथाममा विशेष सहयोग गर्नुपर्ने बताउँदै उहाँ भन्नुहुन्छ, “पहाडी जिल्लामा गाईभैँसी पालेर जीविका धानिरहेका छौँ, भटाभट रोगले मर्न थालेपछि किसानले ठूलो क्षति व्यहोर्नु परिरहेको छ ।”

कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी वरिष्ठ पशु चिकित्सक डा दियालीले रोगबाट प्रभावित र मरेका पशुको विवरण मागिए पनि विभिन्न जिल्लाबाट मन्त्रालयमा विवरण आउन बाँकी नै रहेको बताउनुभयो ।


Spread the love
Previous Post

गणेश भगवानको दर्शन गर्दै आज मंगलबारको राशिफल हेर्नुहोस ।

Next Post

विभेदविरुद्ध पत्रकार महिला मेची–महाकाली साइकलयात्रामा

सम्बन्धित समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा
समाचार

भुमी समस्या समाधान समिति गठन प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा

२०८० बैशाख २६, मंगलवार २०:२९
झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।
समाचार

झापाको कमल गाउॅपालीका ईशाईसमाजले गर्यो रक्तदान ।

२०८० बैशाख २६, मंगलवार २०:२९
सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।
समाचार

सॅसदमा खुश्वु ओलीको अभिव्यक्ती प्रति महासॅघको आपत्ती ।

२०८० बैशाख २६, मंगलवार २०:२९
विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।
समाचार

विस्तृत सुझावपत्र खृष्टीयन समुदायको तर्फबाट सरकारलाई महासॅघले बूझायो ।

२०८० बैशाख २६, मंगलवार २०:२९
विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।
समाचार

विस्थापित भएका सुकुम्वासीहरू आफैले वैकल्पीक व्यवस्थापन गर्नुपर्ने सरकारको निर्णय ।

२०८० बैशाख २६, मंगलवार २०:२९
कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।
समाचार

कमल नगर अस्पतालमा अॅाखा उपचार सेवा शुरु,स्वास्थ्य क्षेत्रमा अर्को फडको ।

२०८० बैशाख २६, मंगलवार २०:२९
Next Post
विभेदविरुद्ध पत्रकार महिला मेची–महाकाली साइकलयात्रामा

विभेदविरुद्ध पत्रकार महिला मेची–महाकाली साइकलयात्रामा

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!