२५ चैत्र २०७९, शनिबार,
ललितपुर । इसाई धर्मावलम्वीहरुको महान पर्व येशूको पुनरुत्थान तथा इस्टर महोत्सवको तयारी पूरा भएको छ । उपत्यकाव्यापी इस्टर महोत्सव २०२३ आयोजक समितिले शुक्रवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भोली (चैत्र २६) आइतवार रत्नपार्क प्रदशर्नीमार्गस्थित भृकुटीमण्डपमा आयोजना हुने इस्टर महोत्सव २०२३ को तयारी पूरा भएको जानकारी गराएको छ ।
आयोजकले इस्टर महोत्सवमा यस वर्ष काठमाडौं उपत्यकाका ललितपुर,भक्तपुर र काठमाडौं जिल्लाका सम्पूर्ण चर्चका सदस्यहरु प्ले कार्डसहित आआफ्नो स्थानबाट विहानै शान्ति पद यात्रामा सहभागी भएर आठ बजे प्रर्दशनीमार्गमा संयुक्तरुपमा भेला भएर इस्टर महोत्सव मनाउने तयारी गरेको छ ।
आयोजकले विहानै आआफ्नो संस्कृती झल्किने सांस्कृतीक झाँकीसहित शान्ति पदयात्रामा सहभागी भएर विहान ८ वजे भृकुटीमण्डप इस्टर महोस्वमा सहभागी भईदिन सवै चर्च तथा चर्चका पास्टरसहित सदस्यहरु सहभागी भएर यस वर्षको इस्टर तथा पुनरुत्थान महोस्व भव्यताकासाथ मनाउन अपिल गरेको छ ।
महोत्सवमा येशूको पुनरुत्थान सम्वन्धी भजनगात, नृत्य, संदेश,शुभकामना र रक्तदान हुने जनाएको छ ।
इस्टर महोत्सव २०२३ आयोजक समितिका संयोजक पास्टर जिरमान राईका अनुसार इस्टर महोत्सवमा राजधानीका तिनै जिल्लाका हजारौ चर्चबाट विसौ हजार ख्रीष्टियनहरु एक साथ भेला भएर इस्टर मनाउने भएका छन् ।
Discussion about this post