मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

येशूको मृत्युमाथि विजय र मानवजातिको उद्धार

दमक पोष्ट by दमक पोष्ट
२०७९ चैत्र २५, शनिबार २१:२८
in Banner News, धर्म संस्कृति, बिचार
0
येशूको मृत्युमाथि विजय र मानवजातिको उद्धार
179
SHARES
560
VIEWS
Spread the love

२५ चैत्र २०७९, शनिबार,

होमराज राई

सारा मानवजातिहरुको पापको छुटकाराको लागि यस धर्तीमा मानव शरीरमा आउनुभएको थियो । उहाँ मानव शरीरमा आउनुभएकाले मानव जातिको उद्धारको लागि त्यो कष्टदायी मृत्यु भएर जानुपर्ने थियो ।
रोमी ६ः२३ ले भन्दछ , “किनकि पापको ज्याला मृत्यु हो,तर परमेश्वरको सितैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो ।” यो मानिस जातिहरुले भोग्नुपर्ने पापको मृत्यु तर ख्रीष्टले हाम्रो साटो मृत्यु भोग्नु भयो । र यो मानवजातिको निम्तिचाहिँ पापको क्षमा र आनन्दको दिन थियोे भने ख्रीष्टको लागि एक बलिदानको दिन थियो ।
येशूले चेलाहरुलाई भन्नुभयो, “मेरो प्राण गहिरो शोकले मरेत्ल्य भएको छ । तिमीहरु यहीँ बस, र मसँग जागा रहो ,मत्ती २६ः३८ ।”
क्रूसको बलिदान भनेको बयान गर्न नसकिने अत्याधिक कष्टदायीक बेदना र पीडले भरिएको बलिदान थियो । “हे पिता, तपाईको इच्छा भए, यो कचौरा मबाट हटाइदिनुहोस् । तर मेरो इच्छा होइन, तपाईकै इच्छा पूरा होस् , लूका २२ः४२ ।”, “अत्यन्त संकष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थन गर्न लाग्नुभयो, र उहाँको पसिना रगतका ठूला–ठूला थोप्ला जस्तै जमिनमा खसिरहेका थिए, लूका २२ः४४ ।”

१.येशूले कोर्राको असहनीय कष्टभोग्नु भयो ।
यो कोर्रा लगाउने यातना वा दण्ड हल्का खाल्को निश्चय नै थिएन, येशूको शरीरमा प्रहार गरिएको कोर्राको चोट अतिनै असहनीय थियो । रोमी साम्राज्य संसारकै एउटा शक्तिशाली साम्राज्य थियो । त्यस समयको कोर्रा छालाको डोरीमा हड्डी,शिशाको टुक्रा र फलामको काँटीहरु झुण्ड्याएर बनाइन्थ्यो । त्यसप्रकारको कोर्राले नाङ्गो शरीरमा एक पल्ट हान्दा सय वा दुई सय ग्राम मासु लुछिन्थ्यो ।
त्यसरीनै येशूको शरीरमा हान्दा शरीरको वरीपरि बेह्रीने गर्दथ्यो,र कोर्रालाई तान्दा येशूको शरीरको मासुलाई लुच्छेर च्यात्ने गथ्र्याे । कोर्रामा रहेको सीसाको टुक्राले उहाँको शरीरलाई भित्रैदेखि छेड्दथ्यो । उहाँ यति सारो घायल हुनुभएको थियो कि उहाँको भित्रका हड्डीहरु समेत देखिन थालेका थिए । यो तपाई र मेरो लागि खानुभएको दर्दनाक कोर्रा थियो । त्यहि कोर्राको चोटले आज हामी निको भएको छौं । यशैया ५३ः ५ ले भन्छ, “तर उ त हाम्रा अपराधहरुका निम्ति छेडियो । हामीमा शान्ति ल्याउने दण्ड उहाँमाथि प¥यो, र उसको कोर्राको चोटले हामी निको भयौं ।” त्यही कोर्राका चोट र रगतले आज हाम्रो अपराध क्षमा भएको छ, शान्ति आएको छ र हामीले चंगाई पाएका छौं । मत्ती ८ः१७ ले भन्छ, “उहाँ आफैले हाम्रा दुर्बलताहरु लिनुभयो, र हाम्रा रोगहरु उठाईलानुभयो ।”

२.काँडाको मुकुट शीरमा पहिरिनु ।
उहाँ त महिमित मुकुटका योग्य हुनुहुन्थ्यो । तर त्यो मुकुट सुन र जवाहरतले बनिएको थिएन तर तिखातिखा काँडाहरुले बनाएर काँडाको मुकुट लगाई यहूदियाका राजाको जय भन्दै अपमान गरिरहेका थिए । इस्राएलमा काँडेधार भन्ने झाडीहरु छन् र त्यसका एकदम लामा र तिखा काँडाहरु हुन्छन् । रोमी सिपाहीहरुले ती काँडेधार झाडीहरुबाट हाँगाहरु ल्याएर येशूको टाउकोको आकार भन्दा सानो मुकुट बनाएर येशूको टाउकोमा खाँदेर लगाइदिए । त्यो काँडाको मुकुट टाउको भन्दा सानो आकार भएको र खाँदेर लगाएकाले तिखा काँडाहरुले टाउकाको छालाहरु छेडेर हाडहरुमा तिब्ररुपमा घोचेकाले अनुहार रक्ताम्मे र भयानक कष्ट भोगिरहनुभएको थियो । यसको मुख्य कारण हाम्रा सोच (बिचार )मा रहेका पापहरु क्षमा गर्नुको लागि थियो । उहाँले गर्नुभएको अपार प्रेम सम्झेर यस्ता बिचारहरुबाट फर्किनु पर्दछ । रोमी ८ः७–८ ले भन्छ, “किनभने पापमय शरीरतिर लागेका मनचाहिँ परमेश्वरप्रति शत्रुता हो, र पाप–स्वभावको वशमा हुनेहरुले परमेश्वरलाई प्रसन्न पार्न सक्दैन ।” अर्को कुरो–उहाँले हाम्रो निम्ति काँडाको मुकुट पहिरिनुको कारण हामीले स्वर्गीय मुकुट पाउनलाई नै हो । स्वर्गीय मुकुट बिभिन्न प्रकारका हुनेछन् । १पत्रुस ५ः४ मा लेखिएको छ,–“तब तिमीहरुले कहिल्यै नओइलाउने महिमाको मुकुट प्राप्त गर्नेछौ ।” अरु मुकुटहरु,– धार्मिकताका मुकुटहरु र जीवनका मुकुटहरु प्राप्त गर्नेछ । प्रकाश ४ः३–४ मा लेखिएकोछ,–“ त्यहाँ बिराजमान हुनेहरुको मुहार बिल्लोर र लालमणिजस्तै देखिन्थ्यो र शीरमा सुनका मुकुटहरु पहिरिएका थिए ।

३. येशूको हात खुट्टामा किला ठोकिएको ।
त्यो समयमा हात खुट्टामा किला वा काँटी ठोकेर अपराधी वा देशद्रोहीलाई त्रूmसमा झुण्ड्याइन्थ्यो । यो दण्ड असाधै कष्टकायीक थियो । एउटा काठको त्रूmस बनाउथे र हात खुट्टामा काँटी ठोकीसकेपछि त्रूmसलाई माथि उठाउँथे, तब शरीरको भारले गर्दा शरीर तल झुक्थ्यो र त्यसो गर्दा हात र खुट्टालाई ठूलो पीँडा पथ्र्यो । मुख्य अंगहरुमा चोट नपुगेकाले तुरुन्तै मर्दैनथ्यो र धेरै कष्टहरु पाइरहन्थ्यो । यसरी नै येशूलाई पनि एकदम नराम्रोसित किला ठोकेर विभत्स रुपमा त्रूmसमा टाँगिदिए । उहाँलाई टन्टलापुर घाममा झुण्ड्याइएको थियो । विषालु किराहरु रगतको गन्ध सुँघ्दै उहाँमाथि आएर भन्कन्थे । उहाँले हाम्रै निम्ति अन्तिम सास रहुन्जेल ६ घण्टासम्म दर्दनाक पीडा खप्नु पर्यो । उहाँको हात खुट्टामा काँटी ठोकिनुको मुख्य कारणचाहिँ हाम्रा हात र खुट्टाहरुले गरेका पापहरुबाट हामीलाई छुटकारा दिनु नै हो । कतिपय हाम्रा हातहरुले गर्न नहुने कामहरु गरेका छन् र खुट्टाहरुले जान नहुने ठाउँहरुमा गएर पापहरु गरिरहेका हुन्छन् । त्यहि पापहरुलाई शुद्ध वा छुट्कारा गराउन नै पापरहित येशूले आफ्ना हात र खुट्टाहरुमा किला ठोकिएर रगत बगाउँनुभयो ।

४. क्रूसमा टाँगिनुभएको येशूको शीरमाथि दोष पत्र ।

येशूलाई फेरि रोमी हाकिम पन्तियस पिलातसकहाँ ल्याइयो । उहाँलाई तिन ओटा अभियोग लागेको थियोः
(क) राष्ट्रलाई बहकाउने,
(ख) कैसरलाई कर नतिर्ने र
(ग) आफूलाई राजा हुँ भनी दाबी गर्ने (लूका २३ः१–२) ।
पिलातसले येशूलाई केरकार गरिसकेपछि उहाँमा कुनै दोष नभेट्टाएको घोषणा गरे (लूका २३ः१४) । तर भिडको जिद्दीको कारणले केही सिप नलागेपछि तिनले येशूलाई क्रूसमा टाँगिन तिनीहरूका हातमा सुम्पिदिए ।
क्रूसमा टाँगिनुभएका येशूको शिरमाथि लिखित INRI को अर्थ के हो ?
(मत्ती २ः२) । उहाँलाई क्रूसमा टाँगिदा उहाँको शिरमाथि दोष–पत्र पनि टाँसिएको थियो, “पिलातसले एउटा दोष–पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए । त्यसमा यही लेखिएको थियो, ‘नासरतको येशू, यहूदीहरूको राजा ।’ अब धेरै यहूदीहरूले यो दोष–पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो । यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो” (यूहन्ना १९ः१९–२०) ।
INRI ल्याटिन भाषाको एउटा सङ्क्षिप्त शब्द हो जसको पूर्ण रूप हुन्छ— एइसुस, नाजरेनस रेक्स युदाएरोम (Iesus Nazarenus, Rex Iudaeorum) । यसको नेपाली अनुवाद हुन्छ— नासरतको येशू, यहूदीहरूको राजा । येशूलाई क्रूसमा टाँगिदा दोष–पत्रमा ‘नासरतको येशू, यहूदीहरूको राजा’ भनेर नै लेखिएको थियो ।

५.मलाई तिर्खा लाग्यो ।
यूहन्ना १९ः २८ ले भन्दछ ,यसपछि येशूले सबै कुरा अब सिद्धिए भनि जानेर धर्मशास्त्र पुरा होस् भनि भन्नुभयो ,मलाई तिर्खा लाग्यो । र २९ मा भनिएको छ । त्यहाँ सिर्काले भरिएको एउटा भाँडो राखिएको थियो ,यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरुले उहाँको मुखमा पुर्याइदिए । मर्कूस १५ः२५मा लेखिएको छ ,–तिनीहरुले उहाँलाई त्रूmसमा टाँग्दा बिहानको नौं बजेको थियो । बाह्र बजेदेखि तीन बजेसम्म देशमा अन्धकारले छायो र येशूले बेलुकाको तीन बजेतिर आफ्नो प्राण त्याग्नुभयो । त्यो समयमा इस्राएलको सुख्खा मौसममा चर्को घाम लागेको बेला येशूलाई लामो समयसम्म त्रूmसमा टाँगिएको थियो । उहाँले त्रूmसको दर्दनाक यातना ६घण्टासम्म खेपीरहनु भएको थियो । यो नरकीय कठोर यातनाको प्रतिक हो । नरकमा ज्यादै गर्मी र तिर्खा महसुस हुन्छ (लूका १६ः२३–२४) । शरीरबाट रगतहरु बगेर खसिसकेले गर्दा शरीरसुख्खा भएकोले तिर्खा लागेको थियो ,तर येशूले शारीरिक तिर्खाको मात्र कुरा गर्नुभएको होइन । येशूले हामी बिश्वासीहरुसंग उहाँको रगतको मूल्य तिरेर उहाँको तिर्खा मेटाउनका लागि हामीले प्रयत्न गर्नुपर्ने भनेर भनिरहनुभएको छ । के आज हामीले उहाँको रगतको मुल्य तिर्न सक्छौं ? त्यो तिर्खा भनेको नरकमा गइरहेको आत्माहरुलाई बचाउनु हो । नरकमा ज्यादै गर्मी र तिर्खाको महसुस हुन्छ । लूका १६ः२३–२४ मा लेखिएको छ, ‘नरकमा कठार कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हे¥यो,र टाढामा अब्राहम र उनको साथमा लाजरसलाई देख्यो । अनी उसले कराएर भन्यो, ‘हे पिता अब्राहम, ममाथिदया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औंलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदिनुहोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु ।’ र यूहन्ना १९ः २८ मा उहाँले धर्मशास्त्र पुरा होस भन्नुभयो, ‘मलाई तिर्खा लाग्यो ।’ यस बचनको खण्डले हामीलाई बुझाउँदछ कि त्यस नरकको दर्दनाक अवस्थाबाट बचाउनुको संकेत थियो ।

६.पृथ्वी काँम्यो र चट्टानहरु फुटे ।
येशूको मृत्युपछि मन्दिरको पर्दा दुई भाग भएर च्यातियो , र त्यहाँ एउटा भुँइचालो गयो । त्यो समयमा चट्टाहरु फुट्यो र पृथ्वी काम्यो । किनभने परमेश्वरले आफ्नो दोषरहित एकलौते पुत्रलाई मानव जातिहरुको प्रायश्चितको बलिदानको रुपमा दिनुभएको थियो । त्यसले गर्दा परमेश्वरलाई सन्ताप भयो र उहाँले धेरै बिलाप गर्नुभयो र जीवनरहित चट्टानहरु समेत फुटे ,र पृथ्वी नै काँपे ।

७. मन्दिरको पर्दा दुई भागमा च्यातियो ।
मती २७ ः ५० मा लेखिएको छ , तब येशू फेरि ठूलो स्वरले कराउनुभयो र आफ्नो आत्मा त्याग्नुभयो । र ५१ मा त्यसै घडि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुईभाग भएर च्यातियो । त्यसरी नै लूका २३ ः ४५ मा पनि ,– सूर्यको तेज कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो भनेर लेखिएको छ । त्यो समयमा पबित्र पुजाहारी मात्र महापबित्र स्थानमा प्रबेश गर्न सक्थ्यो । जो कोहि प्रबेश गर्यो भने भित्र नै मथ्र्यो । तर जब त्यो महापबित्र स्थानमा पुग्न पुजाहारीहरुको कृपा चाहिन्न, आज हामी सबै पबित्र पुजाहारीगिरी भएका छौं, १पत्रुस २ ः९ मा लेखिएको छ , तर तिमीहरु त चुनिएका वंश ,राजकिय पुजाहारीगिरी, पबित्र जाति, परमेश्वरको निजी प्रजा हौ । उहाँले तिमीहरुलाई अन्धकारदेखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो, ताकि तिमीहरु उहाँका आश्चार्यपूर्ण कार्यहरु घोषणा गर्न सक । १ पत्रुस २ ः ५ मा लेखिएको छ, – तिमीहरु पनि येशू ख्रीष्टद्धारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउने पबित्र पुजाहारीगिरीको निम्ति जीवित पत्थरहरुझै आत्मिक घर बनदै जाओ । अब परमेश्वरले ग्रहणयोग्य आत्मिक बलिदान चढाउने,पबित्र पुजाहारी,जीवित पत्थरजस्तै आत्मिक घर भएको चाहनु हुन्छ । हिब्रू १०ः १९–२० मा उहाँको रगतद्धारा महापबित्रस्थानमा प्रबेश गर्ने साहस हामीलाई हुन्छ । हाम्रा निम्ति एउटा नयाँ र जीवित मात्र खोलिदिनुभएको छ ।

८. उहाँको कोखमा भालाले घोचियो ।
उहाँको मृत्यु भइसकेपछि समेत तिनीहरुले येशूलाई अभैm भालाले घोचे । हिंस्रक जनावरहरुले मृत जनावरहरुको लाशलाई च्याते भैंm , तिनीहरुले त्यस्तो दुष्ट प्रकारको र त्रूmर ब्यवहार उहाँलाई गरे । यो दृष्यहरु देखेर मानिस कति निर्दयी छ भनेर हामी देख्न सक्छौं । यूहन्ना १९ ः ३४ ले भन्छ, “तर सिपाहीहरुमध्ये एकजनाले उहाँको कोखामा भालाले घोच्यो , तुरुन्तै रगत र पानी निस्क्यो ।” आज मानव जातिहरु पशूसरह भएको छ र त्रूmरता र निर्दयी आत्माले भरिएको कारण आज हामी ख्रीष्टको मन हुनपर्ने कुरालाई बुझाउँछ । फिलिप्पी २ः५ले भन्दछ, “ तिमीहरुमा यस्तो मन होस् जुन ख्रीष्ट येशूमा पनि थियो ।” त्यो ख्रीष्टको प्रेम हामीमा आउनु पर्दछ । अर्को कुरा कोखामा भाला रोपेर उहाँको शरीरबाट रगत र पानीद्धारा साँचो जीवन र अनन्त जीवनको आनन्द प्राप्त गर्न सकिन्छ भन्ने तथ्यको साक्षी दिनलाई येशूले आप्mनो रगत र पानी बगाउनु भयो । मौलिक पाप वा आफै गरिएको पाप नभएको येशूको रगत अनमोल रगत हो जसमा कुनै दोष वा खोट छैन । हामीले हाम्रा पापहरुबाट क्षमा पाउन सक्छौं र अनन्त जीवनको आनन्द प्राप्त गर्न सक्छौं किनभने येशू आफ्नो अनमोल रगत बगाउँनु भयो । पानीले आत्मिक रुपमा “बचन” भनेर पनि बुझाउँदछ । जब हामी परमेश्वरको बचनहरु सुनेर व्यवहारमा ल्याउँछौं भने पापहरु त्यगेर धार्मिक बन्दछौं ।

मृत्युपछि र जीवितहुनअघि येशू कहाँ जानुभयो ?

“अनि येशूले उसलाई भन्नुभयोः “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ” ( लूका २३ ः४३ )।
उहाँ क्रूसमा मर्नुभएकै दिन स्वर्गलोकमा जानुभयो तर अर्को पदअनुसार उहाँ बौरेर उठ्नुभएपछि पनि अझै पिताकहाँ जानुभएको थिएन । यसबाट हामीले यति जान्न सक्छौं कि प्रभु क्रूसमा मर्नुभएपछि उहाँ पिताकहाँ जानुभएन, तर अर्कै ठाउँमा जानुभयो जसलाई नेपाली बाइबलमा “स्वर्गलोक” भनेर अनुवाद गरिएको छ ।
प्रभु जानुभएको “स्वर्गलोक” कहाँ थियो ?
“पृथ्वीको पेट” लाई पुरानो नियमले हिब्रूमा शओल (שְׁאוֹל) शब्दले जनाउँछ जसलाई नेपालीमा बाइबलमा “अधोलोक” भनेर अनुवाद गरिएको छ । “किनभने तपाईंले मेरो प्राणलाई अधोलोक वा पातालमा छोड्नुहुनेछैन; न ता तपाईंले आफ्नो पवित्र जनको शरीरलाई कुहुनु दिनुहुनेछ” (भजनसङ्ग्रह १६ः१०)।
“अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको बिषयमा भने कि उहाँ न पातालमा छोडिनुभयो, न त उहाँकोशरीर नै कुह्यो, (प्रेरित २ ः३१ )। ख्रीष्टको मृत शरीर तीन दिनसम्म यरूशलेमबाहिरको चिहानमा थियो तर उहाँको प्राण त्यतिखेर शओलमा अर्थात् अधोलोकमा अर्थात् पृथ्वीको पेटमा थियो । पृथ्वीको पेट भन्नाले पृथ्वीको भित्री भाग वा बीच भाग भन्ने बुझिन्छ ।
परमेश्वरमा विश्वास गर्ने जनहरू मृत्युपछि पनि हृदय आनन्दित र सुरक्षित हुनेछ । (भजनसङ्ग्रह १६ः९ ।;
बाइबलको जवाफ दुईटा छ ः पहिलो, ख्रीष्टको बलिदान अगाडिका विश्वासीहरू मरेपछि अधोलोकमा जान्थे ( योना २ः२ “अधोलोकको पेट”) तर। ख्रीष्टको बलिदान र बौरिउठाइपछिका विश्वासीहरू स्वर्गमा जान्छन् जहाँ ख्रीष्ट हुनुहुन्छ (२ कोरिन्थी ५ः८, फिलिप्पी १ः२३)।
तर अधोलोकमा त दुष्टहरू अर्थात् विश्वास नगर्नेहरू पनि पुग्छन् भनिएको छ ( भजनसङ्ग्रह ९ः१७)। यो कसरी हुन सक्छ? विश्वासी र अविश्वासी एउटै ठाउँमा? यसको जवाफ लूका १६ः२२–२६ मा भेटिन्छ। विश्वासी लाजरस र धनी मानिस मरेपछि दुवै पृथ्वीको पेटमा गए। प्रभुको बयानअनुसार त्यहाँ दुईटा छुट्टा–छुट्टै ठाउँ छन् — विश्वासीहरूको लागि विश्रामको ठाउँ जसलाई “अब्राहामको काख” भनिएको छ (लूका १६ः२३) र अविश्वासीहरूको लागि “ज्वाला” को ठाउँ (लूका १६ः२४) जहाँ पीडा छ। धनी मानिसले लाजरसलाई अब्राहामसित देख्न सक्यो, अब्राहामसित कुराकानी पनि गर्न सक्यो तर उनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैनथे किनकि उनीहरूको बीचमा “एउटा ठूलो खाँद राखिएको” कुरा उल्लेख छ (लूका १६ः२६)। यसबाट हामी बुझ्छौं अधोलोकमा रहेको अब्राहामको काख भनिने विश्वासीहरू जाने ठाउँ नै त्यो ठाउँ रहेछ जहाँ प्रभु क्रूसमा मर्नुभएपछि जानुभयो जहाँ त्यो विश्वास गर्ने डाँकु पनि गयो। त्यसलाई प्रभुले लूका २३ः४३ मा “स्वर्गलोक” भन्नुभयो। तीन दिनपछि उहाँ त्यो ठाउँ छोड्नुभयो, आफ्नो शरीरभित्र प्रवेश गर्नुभयो र चिहानबाट बौरेर उठ्नुभयो।

अधोलोकमा आज विश्वासीहरू छैनन् किनभने प्रभुले आफ्नो स्वर्गारोहणको बेलामा उनीहरूलाई साथमा लानुभयो भन्ने बुझिन्छ । यसकारण यसो भनिएको छ ः“उहाँ उच्चमा चढिजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरुलाई बरदानहरु दिनुभयो, एफेसी ४ः८ ।”

अनि प्रभु स्वर्गारोहण हुनुभएको चाहिँ उहाँ बौरिउठ्नुभएको ४० दिनपछि हो (प्रेरित १ः२ )। पावल प्रेरित स्वर्ग उठाइँदा आफू पुगेको ठाउँलाई उनले “स्वर्गलोक” (२कोरिन्थी १२ः३, पाराडिसोस्) शब्दले बयान गरेका छन् । साथै त्यस ठाउँलाई पावलले “तेस्रो स्वर्ग” (२ कोरिन्थी १२ः२) भनेर पनि बयान गरे, अधोलोक होइन ।
निष्कर्षमा, मृत्युपश्चात् पुनरुत्थानअगि येशू स्वर्गलोकमा जानुभयो । येशूको स्वर्गारोहणअगि स्वर्गलोक र स्वर्ग फरक–फरक ठाउँहरू थिए । तर उहाँ स्वर्गारोहण हुनुहुँदा उहाँले स्वर्गलोकलाई तेस्रो स्वर्गमा लिएर जानुभयो । वर्तमान समयमा मर्ने विश्वासीको आत्मा सिधै तेस्रो स्वर्गमा जान्छ भने अविश्वासीको आत्मा अझै पनि हेदिसको तल्लो भागमा नै जान्छ ।

येशू मृत्युमाथि विजयी हुनुभयो

येशू ख्रीष्ट तीनदिनमा मृत्युबाट जीवितहुनुभएकामो सारा पृथ्वीभरिनै आश्चर्य चकित पारिदियो । अन्य धार्मिक तथा दार्शनिक अगुवाहरू आए र गए अनि उदाए र अस्ताए, तर येशू ख्रीष्टले जस्तै आफ्नो सेवाकार्यलाई निरन्तरता दिन कोही पनि मृत्युबाट फर्किएन । किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन, न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ” (भजनसंग्रह १६ः१०) ।
आफ्नो सेवाकार्यको आरम्भदेखि नै येशूले पनि यसको भविष्यवाणी गर्नुभयो, “येशूले तिनीहरूलाई जवाफ दिनुभयो, ‘यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खडा गर्नेछु ।’ ‘ तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो” (यूहन्ना २ः१९,२१) ।
चारवटा सुसमाचार पूस्तकलाई अध्ययन गर्दा छर्लङ्ग हुन्छ कि येशू मृतकहरूबाट पुनरुत्थान हुनुहुनेथियो भन्ने सत्यतालाई येशूका चारै जना ब्यक्तिहरुले महत्वकासाथ उल्लेखित गरेका छन् । आफ्नो पुनरुत्थानको विषयमा येशू आफैले बारम्बार भविष्यवाणी गर्नुभयो (मत्ती १२ः३८–४०; मर्कूस ८ः३१; लूका ९ः२२–२७; यूहन्ना २ः१८–२२) । येशूको ईश्वरत्वको प्रमाणको रूपमा आदि मण्डलीका प्रचारकहरूले पुनरुत्थानलाई पटक–पटक उल्लेख गरे (प्रेरित २ः३२; १३ः३०) ।
तीनवटा साक्षीले येशूको पुनरुत्थानलाई एउटा ऐतिहासिक घटनाको पुष्टि गरेको छ ।
१. रित्तो चिहान
येशूलाई जुन चिहानमा राखिएको थियो, त्यो हप्ताको पहिलो दिन रित्तो थियो । स्वाभाविक प्रश्न यो हो— शव कहाँ गयो ? उपलब्ध सबै तथ्यलाई विश्लेषण गरेपछि आउने तर्कसङ्गत जवाफ हो— उहाँ पुनरुत्थान हुनुभयो ।
२. पुनरुत्थानपछि देखापर्नुभयो ।
धेरै मानिसहरूले ४० दिनको अवधिमा पुनरुत्थान हुनुभएका येशूलाई देखेका दाबी गरे । पुनरुत्थान हुनुभएपछि येशू सुटुक्क स्वर्ग जानुभएन, बरु विभिन्न क्षणमा विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो ।
३. चेलाहरूका जीवनमा परिवर्तन
गेतसमनीको बगैँचामा येशूको गिरफ्तार हुँदा सबै चेलाले उहाँलाई छाडेर भागे । तर पाँच हप्तापश्चात् तिनीहरू सिंहजस्ता आँटिला भए र प्रायः सबै जना आफ्नो विश्वासको खातिर सहिद बनी यस धरतीबाट बिदा भए । केले तिनीहरूको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो ? येशूको पुनरुत्थान ।


Spread the love
Previous Post

इस्टर महोत्सवमा विसौं हजार ख्रीष्टियनहरु सहभागी हुँदै

Next Post

बलियो भितनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७९ चैत्र २५, शनिबार २१:२८
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७९ चैत्र २५, शनिबार २१:२८
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७९ चैत्र २५, शनिबार २१:२८
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७९ चैत्र २५, शनिबार २१:२८
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७९ चैत्र २५, शनिबार २१:२८
दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।
कोशी प्रदेश

दमकको प्रहरी कार्यलय भवन पुन:निर्माण गर्न दमक ईशाई समाजले गर्यो आर्थिक सहयोग ।

२०७९ चैत्र २५, शनिबार २१:२८
Next Post
बलियो भितनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन

बलियो भितनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!