कमल, १० चैत । झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा आज शुक्रबार वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कमलनगर जेसिज, लायन्स क्लब अफ केर्खा र साहारा नेपाल केर्खा सेवाकेन्द्र, झापाको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सासोईटी दमक उपशाखाको प्राविधिक सहयोगमा उक्त रक्दान कार्यक्रम सम्पन्न भएको हो । उक्त रक्तदान कार्यक्रम ९७ पिन्ट रगत संकलन भएको छ ।
कमल गाउँपालिका वडा नं. ३ को कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २३ महिला सहित ९७ जनाले रगतदान गर्नु भएको छ।
साहारा नेपाल केर्खा सेवा केन्द्र, झापाका सहयोग समितिका संयोजक शिव प्रसाद भट्टराईको अध्यक्षता तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा कमल गाउँपालिका वडा नं. ३ का अध्यक्ष अग्निप्रसाद कोइराला लगायतले रगतदान गर्नुभएको थियो ।
उक्त रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रशंसा स्वरुप फुलको विरुवा हस्तान्तरण गरिएको कमलनगर जेसिज वर्ष २०२३ का महासचिव हरि अधिकारी बताए ।
Discussion about this post