सुरुङ्गा – सँगै जिउने सँगै मर्ने भनि एक अर्कामा कसम खाएर प्रेम विवाह गरेको छ महिनामै श्रीमानको छुरा प्रहारबाट सख्त घाइते बनेकी झापा कनकाई नगरपालिका–३ कालिस्थानकी ३८ वर्षीय बिना लिम्बू हाल उपचार खर्च अभावमा मृत्युसँग पैठेजोरी खेल्दै छिन् ।
गत भदौमा मात्रै कनकाई नगरपालिका–३ भीमसेनस्थानमा डेरागरी बस्ने पदमबहादुर कुमालसँग प्रेम विवाह गर्नुभएकी बिनाले विवाह गर्दा श्रीमानसँग जीवनसँगै जिउने कल्पना गरेकी थिइन् । विवाहको खुसी भने बिनाको जीवनमा लामो समय टिकेन विवाह गरेको केही महिनाभित्रै श्रीमान्ले मादक पदार्थ खाएर दैनिक झगडा गर्ने र कुटपिट गनेर् गरेको स्थानीय मेघराज पाठकले जानकारी दिए ।
बेलाबखतमा झगडा हुँदा गाउँले र बिनाका दाजु सोमबहादुर लिम्बूले आएर सम्झाई–बुझाई गरेर मिलाएर राख्दै आएकोमा पछिल्लो पटक गत फागुन २४ गते बुधबारका दिन भने दिउँसो श्रीमती बिना लिम्बूको पेटमा छुरा प्रहार र टाउकोमा समेत फलामको घनले हानेर सख्त घाइते बन्नुभएको छ ।
मादक पदार्थ सेवन गरेर आएका श्रीमानको प्रहारबाट घाइते बनेपछि प्रहरीले श्रीमान्लाई आवश्यक कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगेको छ भने खर्च अभावमा श्रीमती बिना भने उपचार अभावमा मृत्युसँग पैठेजोरी खेल्दै आएकी छन् ।
झापा कनकाई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बसेको कुमाल परिवार जनमन गरी बस्दै आएको थियो । आफ्नै श्रीमानको छुरा प्रहारबाट सख्त घाइते बन्नुभएकी ३८ वर्षीय बिना लिम्बू उपचार अभावमा जीवनमरणको संघारमा रहेकी छन् भने कुमाल परिवार मादक पदार्थका कारण भताभुङ्ग मात्रै भएको छैन खर्च अभावमा ३८ वर्षकै उमेरमा जीवन मरणको दोसाधमा रहेकी छन्, बिना ।
गत फागुन २४ गते बुधबारका दिन श्रीमान पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेर सख्त घाइते बनाएपछि ३८ वर्षीय घाइते बिनाको उपचार नहुँदा जीवन संकटमा परेको हो ।
सामान्य जनमन गरी परिवार पाल्दै आएका श्रीमान–श्रीमती अर्काको घरमा डेरागरी बस्दै आएका थिए । गत भदौ महिनामा मात्रै प्रेम विवाह गरेका उनीहरुबीच विवाह गरेकै बेलादेखि सामान्य खटपट परेको थाहा भएको स्थानीय मेघराज पाठकले बताए । घरमा श्रीमान श्रीमतीमात्रै रहेकोमा हतियार प्रहार गनेर् श्रीमानलाई प्रहरीले पक्राउ गरी ज्यान मानेर् उद्योगमा मुद्दा दर्ता गरेको छ भने घाइते श्रीमतीलाई स्थानीय गाउँले घाइतेकी दाजु भाउजुले चन्दा संकलन गरेर केही दिन झापा र धरानको घोपामा लगेर उपचार गराए पनि थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राख्नुपरेको भाउजु निर्मला लिम्बूले बताइन् ।
पीडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गरेको छ । यसबारेमा केही बुझ्न परेमा बिनाका दाजु सोमबहादुर लिम्बूको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस बिना बचाउ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको मोबाइल नम्बर ९८०६००८८९८ मा फोन वा मेघराज पाठकको नाममा रहेका सनराइज बैंक लिमिटेड सुरुङ्गा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिनुहुन सबैसग अनुरोध गरेका छन् ।
Discussion about this post