कमल, २८ फागुन । झापाको कमलमा रहेको कमलनगर जेसीजको आयोजनामा फागुन २७ गते शुनिबार लोम अफिसर तथा पूर्व प्रवेश प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ ।
कमलनगर जेसीज वर्ष २०२३ की उपाध्यक्ष जेसी मनिशा कठायतको कार्यक्रम संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमलनगर जेसीजका संस्थापक अध्यक्ष जेसी रुपनारायण न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कमलनगर जेसीज वर्ष २०२३ का बोर्डका पदाधिकारी, वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष जेसी महेश भण्डारी, नेपाल जेसीज वर्ष २०२३ का लागि मिडिया कमिटी सदस्य समेत रहनुभएका कमलनगर जेसीज वर्ष २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत, कमलनगर जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपति खनाल, वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल, आजीवन सदस्य जेसी विष्णुभक्त लामिछाने, जेसि प्रेम सापकोटा, जेसीआई सिनेटर तिलरुपा सुवेदी दाहाल समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको विशिष्ट अतिथिमा जेसीआई सिनेटर हेमन्त रिजाल र कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा हाल कमल १ का वडा अध्यक्ष श्री केदार कटुवाल रहनुभएको थियो । कार्यक्रममा कमलनगर जेसीजका पुर्वअध्यक्ष, आजीवन सदस्य र सिनेटरले जेसीजको बारेमा नव आगन्तुक सदस्यज्युहरुलाई जानकारी गराउनुभएको थियो ।
Discussion about this post