कमल, २३ फागुन । झापाको कमलमा फागुपूर्णिमा (होली) पर्वको अवसरमा कमलनगर जेसीजको आयोजनामा कमल १, स्थित श्री नरेन्द्र जनता माध्यमिक विद्यालयमा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कमलनगर जेसीज वर्ष २०२३ का जनसम्पर्क अधिकारी जेसी पूण्य रायाको संयोजकत्वमा, वर्ष २०२३ का अध्यक्ष जेसी रिजु कार्कीको अध्यक्षतामा र कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथिमा नरेन्द्र जनता माविका वि.व्य.स.अध्यक्ष राम भण्डारी, बिशिष्ट अतिथिहरुमाः नरेन्द्र जनता माविका प्र.अ. बद्रि कार्की, कमलनगर जेसीज वर्ष २०१८ का अध्यक्ष तथा हालको कमल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष केदार कटुवाल, स्थानिय समाजसेवी तथा कमलनगर जेसीजका आजीवन सदस्य जेसी राजन बहादुर ढुङ्गाना रहनुभएको थियो ।
यस्तै अतिथिहरुमाः कमलनगर जेसीजका निवर्तमान अध्यक्ष जेसी नारायण बस्नेत, वर्ष २०२१ का अध्यक्ष तथा वर्ष २०२३ का अध्यक्षका प्रमुख सल्लाहकार जेसी छत्रपति खनाल गोपाल, वर्ष २०२० अध्यक्ष जेसी हेम दाहाल, समाजसेवी खगेन भण्डारी, प्रेम पोखरेल, सरस्वती सेढाई, बिनोद कुमार खड्का, गोपाल दाहाल, कमलनगर जेसीजका आजीवन सदस्य तथा पूर्वनेपाल बहुउद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष जेसी प्रेम सापकोटा, नरेन्द्र जनता मा.वि–शिक्षक अभिभावक संघका अध्यक्ष श्यामहरी कोईराला, कमलनगर जेसिजका मानार्थ सदस्य जेसि गणेश कार्की कि ममतामयी माता टिकादेवी कार्की, कमल उद्योग वाणिज्य संघ का महासचिव तथा कमलनगर जेसिजका पूर्व कोषाध्यक्ष युबराज पाठक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन कमलनगर जेसिज वर्ष २०२३ का महासचिव जेसि हरि अधिकारीज्युले गर्नुभएको थियो । कार्यक्रममा १०० भन्दाबढीको उपस्थिति रहेको थियो ।
Discussion about this post