दमक, २८ माघ । झापाको दमक नगरपालिकामा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन दमक नगर समितिले शुक्रबार र आज शनिबार गरी २ दिने खेलकुद कार्यक्रम सम्पन्न गरेको छ ।
दमक ३, मा रहेको मदनभण्डारी रंगशालामा माघ २७ गते शुक्रबारदेखि माघ २८ गते शनिबारसम्म उक्त कार्यक्रम सञ्चालन भएको हो ।
आज भएका अन्तिम दिनका खेलहरुमा टिटि खेल एकल केटा तर्फ माध्यमिक तर्फ प्रथम स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा ग्लोबल एजुकेशन एकाडेमी र तृतिय स्थानमा रोजिएट ब्राइट स्कूल भएको छ । भने डबल केटा माध्यमिक तर्फ प्रथम स्थानमा रोजिएट ब्राइट स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
यस्तै आधारभूत तह अन्तर्गत एकल केटा टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ । भने डबल केटा टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल र तृतिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
त्यसैगरी माध्यमिक तर्फ एकल केटी टिटि खेलमा प्रथम स्थानमा सप्तश्री एकाडेमी, द्धितिय स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल र तृतिय स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ । भने माध्यमिक डबल केटी टिटि खेलमा प्रथम स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल, द्धितिय स्थानमा सप्तश्री एकाडेमी र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।
यस्तै जुनियर एकल केटी टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ । भने जुनियर डबल केटी टिटि खेलमा प्रथम स्थानमा ईस्टनस्टार सेकेन्डरी अंग्रेजी बोडिङ्ग स्कूल, द्धितिय स्थानमा चुलाचुली अंग्रेजी बोडिङ्ग स्कूल र तृतिय स्थानमा सर्वोदय अंग्रेजी बोर्डिङ स्कूल भएको छ ।
साथै भलिबल केटा तर्फ प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय र तृतीय स्थानमा नेपाल जापान फाउन्डेशन स्कूल भएको छ भने केटी भलिबल तर्फ प्रथम स्थानमा एभरेष्ट अंग्रेजी बोडिङ्ग स्कूल, द्धितीय स्थानमा सनराइज अंग्रेजी बोर्डिङ स्कूल र तृतीय स्थानमा अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालय भएको छ । र फुटबल पुरुष तर्फ खेलमा प्रथम स्थानमा मेची सेकेन्डरी अंग्रेजी बोर्डिङ स्कूल, द्धितिय स्थानमा लालिगुराँस मोडल अंग्रेजी बोर्डिङ स्कूल र तृतीय स्थानमा ड्रिमल्याण्ड अंग्रेजी बोडिङ्ग स्कूल भएको छ ।
उक्त समापन कार्यक्रममा प्रमुख अतिथिमा रुपमा दमक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नविन बराल रहनुभएको थियो भने कार्यक्रममा दमकभित्रका निजी तथा आवासिय विद्यालयहरुका प्रिन्सिपल तथा शिक्षकहरुको उपस्थिति रहेको उक्त खेलकुद कार्यक्रमका संयोजक मित्र खत्रीले बताए ।
दमक नगरपालिकाभरीका जम्मा ४५ वटा निजी तथा आवासिय विद्यालयहरु प्याब्सनमा आवद्ध रहेका छन् ।
Discussion about this post