काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा अनिश्चितकालका लागि स्थगन गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जानकारी गराएको हो ।
आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत्र २१ गतेदेखि संचालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेको जनाएको छ । सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
आयोगको विज्ञापन नम्वर १६६९२/०७९-८० देखि १६७०५/०७९-८०, रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदका लागि माघ २८ गतेका लागि तोकिएको प्रथम चरणको परीक्षा र चैत्र २१ गतेदेखि सञ्चालन हुने गरी तोकिएका उक्त विज्ञापनका द्वितीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Discussion about this post