दमक । दमक जेसीज वर्ष २०२३ को अध्यक्षमा मुकेश अग्रवाल निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचन कार्यक्रममा अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनी बर्ष २००० का अध्यक्ष शुरेस अग्रवालका जेठो छोरा हुन् । दमक जेसीजको इतिहासमा बाबु छोरा यसरी नेतृत्वमा पुग्ने अग्रवाल परिवार नै पहिला हुन् ।
सर्वसम्मत निर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षद्धयमा सहदेव भट्टराई, राजेन्द्र बिमली, उपाध्यक्षहरुमा राहुल साह, योगेश गौतम, सरोज ढकाल, विनोद भट्टराई, जनसमपर्क अधिकारीमा रुवल अधिकारी र तालिम निर्देशकमा साजन श्रेष्ठ निर्वाचित भएका छन् ।
Discussion about this post