मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

दार्चुलामा लोप हुनथाले भैँसी

दमक पोष्ट by दमक पोष्ट
२०७९ पुष २२, शुक्रबार १९:२५
in समाचार, सुदूरपश्चिम प्रदेश
0
दार्चुलामा लोप हुनथाले भैँसी
164
SHARES
512
VIEWS
Spread the love

खलङ्गा, २२ पुस (रासस) : सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् ।

केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ । भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ ।

भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका–५ का मदनसिंह रावलको भनाइ छ । दार्चुलाका अधिकांश किसानले भैँसी नै पाल्न छाड्नुको विशेष कारण खरी रोग पनि रहेको छ । विसं २०५३ देखि दार्चुलामा देखापरेको खरी रोगका कारण स्थानीय जातको भैँसी लोप हुने स्थितिमा पुगेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत रामबहादुर खड्का बताउनुहुन्छ ।

विशेषगरी दार्चुलामा कहीँकतै भैँसीपालन गरेको देखिए पनि भैँसी एकचोटी ब्याएपछि दोस्रो वर्ष किसानले प्रति भैँसीको रु २५ देखि ३० हजार मूल्य पाउनेहुँदा मासुका लागि धनगढी पठाउने गरेका छन् ।

बर्सेनि यहाँबाट एक हजार पाँच सयसम्म मासु प्रयोजनका लागि व्यापारीले धनगढी लग्ने गरेकाले पनि भैँसी लोप हुन लागेको शैल्यशिखरका पशुसेवा शाखा प्रमुख मुन्नी धामीले बताउनुभयो ।

खरी रोगको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले किसान दिक्क भएर भैँसी धनगढी पठाउने बाध्यता रहेको मालिकार्जुन–३ का अकबरसिंह धामीले बताउनुभयो । भैँसीपालनमा बढी मेहनत गर्नुपर्ने भएका कारण धेरैजसो किसान जर्सी गाईपालनमा आकर्षित भएका छन् । जर्सी गाईले दिनमा तीनपटक गरी कम्तीमा पनि दैनिक आठदेखि १० लिटर दूध दिने गर्दछ ।

भारतको बालुवा कोट, कालिका, छारछुम, डिडीहाटबाट किसानले जर्सी गाई ल्याएर व्यावसायिकरुपमा जर्सीपालन गर्ने गरेका छन् । महाकाली नगरपालिका–९ बेतका ललित भट्टले व्यावसायिकरुपमा भैँसीपालन गर्दा सफल नभएको र अहिले आएर व्यावसायिकरुपमा घरमा आठ वटा जर्सी गाईपालन गरी मासिक रु ८० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

भैँसीपालनका लागि प्रशस्त चरन तथा आहारा अभाव र खरी रोगले पनि भैँसीपालन व्यवसाय सङ्कटमा परेको किसान गोपाल खत्री बताउनुहुन्छ । उहाँका अनुसार गाउँगाउँबाट व्यापारीले भैँसी तराईतिर बिक्री लैजान थालेपछि गाउँमा भैँसी पाइन छाडेको बताउनुभयो । गाउँमा पुगेर सानो पाडादेखि, थार भैँसी मासु प्रयोजनका लागि तराईतिर लैजान थालेपछि भैँसी व्यवसाय सङ्कटमा परेको महाकाली–९ का वडाध्यक्ष गजेन्द्र कार्कीले बताउनुभयो ।

भैँसीपालन व्यवसायबाटै गुजरा गरिरहेका पनि पछिल्लो समयमा अरु नै पेसा अपनाउन थालेका छन् । यहाँका किसानले कुनैबेला परिवारका लागि लुगाफाटो किन्नुपर्दा अथवा चाडपर्व मनाउने सवालमा पनि भैँसीको घिउ बेचेर घर खर्च चलाउने गर्दथे । पछिल्लो समय भैँसीपालन छाडेर किसान अन्य पेसातर्फ आबद्ध भएका देखिन्छन् ।

कुनैबेला भैँसीको घिउ रु तीन सयमा पाइन्थ्यो तर, पछिल्लो समयमा भैँसीपालनमा किसानको आकर्षण घटेपछि प्रतिकिलो रु नौ सयमा खरिद गर्नुपरेको देवथलीका स्थानीय मनिराज जोशीले बताउनुभयो ।

भैँसीपालन व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय सरकारबाट कुनै पहल नहुँदा व्यवसाय सङ्कटमा परेको स्थानीयको गुनासो छ । भैँसी नै लोप हुने अवस्थामा पुगेपछि दार्चुलाका स्थानीय तहले किसानका लागि आर्थिक सहयोग कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने किसानको माग छ । पशुसेवाका कार्यक्रम स्थानीय तहमा भए पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ ।


Spread the love
Previous Post

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

Next Post

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ पुष २२, शुक्रबार १९:२५
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ पुष २२, शुक्रबार १९:२५
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ पुष २२, शुक्रबार १९:२५
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ पुष २२, शुक्रबार १९:२५
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ पुष २२, शुक्रबार १९:२५
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ पुष २२, शुक्रबार १९:२५
Next Post
कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

कक्षाकोठा अभावमा खुला आकाशमुनि पठनपाठन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!