दमक । झापाको दमक–०५, स्थित दीप ज्योति बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले बिभिन्न जनमुखी तथा सदस्यमुखी योजनाहरु अघि सारेको छ। संस्थाले आफनै कार्यालयमा आज बिहिबार गरेको साधारण सभामा संस्थाका उत्कृष्ट कर्मचारी मिना न्यौपाने तथा उत्कृष्ट कारोबारी सदस्यहरु तुलसादेवि पाठक, गोबिन्द कोइराला, मोहन लामिछाने, नारायण पराजुली, रुपाकुमारी श्रेष्ठ, नविन भण्डारी, श्री प्रसाद भण्डारी, जमुनादेवि अधिकारी, उत्कृषा बास्तोला, सुसिला सोडारी र रामसियासन रायालाई सम्मान तथा पुरस्कार प्रद्धान गरिएको संस्थाका व्यवस्थापक रबिन खड्काले जानकारी दिनुभएको छ।
संस्थाका अध्यक्ष टंक भट्टराईको अध्यक्षतामा भएको संस्थाको साधारण सभामा अध्यक्ष भट्टराईले बार्षिक प्रतिवेदन पेश गरेका थिए भने संचालक समिति सदस्य भरत बास्तोलाले लेखा प्रतिवेदन पेश गर्नुका साथै सभाको संचालन सचिव कमल पोखरेलले गरेको व्यवस्थापक खड्काले जानकारी दिनुभएको छ।
Discussion about this post