काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा श्रीलङ्का सुपर–१२ मा प्रवेश गरेको छ ।
बिहीवार भएको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउँदै श्रीलङ्का सुपर–१२ मा पुगेको हो । साइमन्ड्स स्टेडियम जिलोङमा भएको खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओडाउडले नटआउट ७१ रन बनाए । बलिङतर्फ श्रीलङ्काका वानिन्दु हसरङ्गाले तीन र महेश थिकशनाले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६२ रन बनायो । उसका कुसल मेन्डिसले ७९ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकरेन र बास दी लीडेले दुई–दुई विकेट लिए ।
Discussion about this post