भोजपुर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं ‘क’ बाट आज उम्मेदवारी दर्ता गरेका छन् । उनले सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दलहरूलाई उम्मेदवारी दर्ता गर्न पालो तोकबमोजिम मुख्यमन्त्री राईले आज दिउँसो ४ बजे मनोनयन पत्र दर्ता गरेका हुन् । उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट मनोनयन पत्र दर्ता गरेका हुन् । मुख्यमन्त्री राई उक्त पार्टीको सचिव पनि हुन् ।
भोजपुर जिल्लामा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका सुदन किराँतीले उम्मेदवारी दर्ता गरेका छन् । बाँकी एक प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका विनोद वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् ।
Discussion about this post