काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं क्षेत्र नम्बर–७ मा मानुषी यमी भट्टराईलाई टिकट दिएको छ । उनी नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् ।
नेपाल समाजवादी पार्टीका नेताहरुले माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषीले आफूले टिकट पाएको जानकारी दिइन् ।
Discussion about this post