मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता

दमक पोष्ट by दमक पोष्ट
२०७९ आश्विन १८, मंगलवार १३:५८
in समाचार, समाज, सुदूरपश्चिम प्रदेश
0
किसानलाई दशैँभन्दा खेतीपातीकै चिन्ता
164
SHARES
512
VIEWS
Spread the love

टीकापुर । कैलालीका किसानलाई दशैँ मनाउनेभन्दा पाकेको धान खेतीको चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार वर्षा हुने भएकाले सतर्कता रहन भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेपछि यहाँका किसान पाकेको धान कसरी जोगाउने भनी चिन्तामा छन् ।

पाकेर काट्ने अवस्थामा पुगेको धान भारी वर्षा भएमा नोक्सान हुन सक्ने पीरले सताएको जानकी गाउँपालिकाका किसान रामसुन्दर चौधरीले बताए । “गत वर्ष चार बिघा खेतमा रहेको धान बाढीमा मिसियो, यस वर्ष पनि धान पाकेको छ । १० कट्ठा जमिनमा रहेको धान काटिसकेका छौँ, बाँकी काट्न बाँकी छ”, रामसुन्दरले भने, “वर्षभरिको मेहनत बारीमा छ, कसरी दशैँ मनाउनु ? अब वर्षा भएमा पाकेको धान नोक्सान हुनेछ ।”

मङ्गलबारदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी विशेष बुलेटिनअनुसार १८ गतेदेखि दशैँ अवधिभर सामान्यभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो । प्रशासनको सूचनापछि धान काट्न सुरु गरेका जानकीकै किसान रमेश चौधरीले धान काट्न राेकेका छन् । “धान काट्न त रोकियो, तर खल्ला खेत हो । वर्षा भएमा जलमग्न हुन्छ”, उनले भने, “पाकेको धान खेतमै सड्ला कि भन्ने चिन्ता बढेको छ । पानी परेपछि एक सातासम्म खेत सुक्न समय लाग्छ । धान पाकेर झर्लाजस्तो भइसकेको छ ।”

टीकापुर–५ का किसान कृष्णा रावतले पनि मौसमकै सूचनाअनुसार धान काटेका छैनन् । कृष्णाको गत वर्ष कात्तिक २ गते आएको बाढीले दुई बिघा धान बगाएको थियो । “गत वर्ष धान देख्न पाइएन, यस वर्ष पाकेर पहेँलै भएको छ तर काटौँ भने मौसम यस्तो छ । नकाटौँ पानीले नोक्सान गर्ने डर छ”, उनले भने, “किसानले केही गरे सुख नपाउने भए । मेहनत गरेर लगाएको बाली स्याहार्न पनि मौसमले नदिने भयो ।” यतिखेर खेतीपाती गर्ने किसान दशैँ मनाउनेभन्दा पनि खेतीपातीमा ध्यान गएको बताउँछन् ।

जोशीपुरका शिव चौधरीको घरमा यस वर्ष दशैँमा बङ्गुर काटेर रमाइलो गर्ने योजना थियो । घरमै पालेको बङ्गुर काट्ने, रमाइलो गर्ने योजना बनाएको चौधरीको परिवार यतिखेर वर्षा हुने भनेपछि धान काट्न थालेको छ । “धान काटेर खेतमै दाउन थालेका छौँ”, उनले भने, “पाकेको धान नोक्सान भए वर्षभरि के खाउला ?, दशैँ त अर्काे वर्ष मनाए पनि हुन्छ भनेर खेतमा पसेका छौँ ।” वर्षाका कारण भूक्षयलगायतका विपद्बाट मानवीय तथा आर्थिक क्षति हुनसक्ने पूर्वानुमान रहेकाले समयमै प्रतिकार्यका लागि पूर्वतयारी गरी खोज, उद्धार तथा राहतका लागि सचेत र तयारी अवस्थामा रहन भनी गृहमन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट पत्राचार भएको हुँदा सतर्क रहन भन्दै जिल्ला प्रशासन कैलालीले सूचना जारी गरेको छ । गत वर्ष समयमै सूचना नपाएर नोक्सानी ब्यहोरेका किसान यस वर्ष भने सूचना बस्तीस्तरसम्म पुगाउन थालेका छन् ।

कैलालीमा सूचना संयन्त्र निर्माण गरिएको छ । यसका साथै स्थानीय तहमा सञ्चालनमा रहेका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले किसानका मोबाइलमा म्यासेज, सामाजिक सञ्जालमा सूचना, बडघरलाई टेलिफोन गरेर सूचना समयमै पुगाउने गरेका छन् । यसरी समयमै सूचना गर्दा विपद्बाट हुनसक्ने क्षति कम गर्न सहयोग पुग्ने गरेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरी बताउँछन् । “पछिल्लो समय सूचना सुनेर, हेरेर काम गर्ने बानी विकास हुँदैछ”, उनले भने, “यसले विपद्को पूर्वतयारी र हुने क्षति कम गर्न सहयोग पुग्छ ।” –रासस


Spread the love
Previous Post

श्यामा कपडा लोप हुने अवस्थामा

Next Post

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

सम्बन्धित समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।
समाचार

सुनसरी घटनामा सरकारको उपस्थीती भए पनि प्रायप्त हुन नसकेको प्रधानमन्त्रीले गरे स्वीकार ।

२०७९ आश्विन १८, मंगलवार १३:५८
दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।
समाचार

दमकमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती हत्या,श्रीमान झुण्डीएको अवश्थामा फेला ।

२०७९ आश्विन १८, मंगलवार १३:५८
नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना
समाचार

नक्कली भुटानी कॅाण्ड-कॅाग्रेस नेता बालकृष्ण खॅाडलाई २ वर्ष कैद २० हजार जरिमाना

२०७९ आश्विन १८, मंगलवार १३:५८
साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।
समाचार

साहित्य चौतारी गौरिगॅजले २१३औॅ भानुजयन्ती भव्यताका साथ गर्यो सम्पन्न ।

२०७९ आश्विन १८, मंगलवार १३:५८
झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।
समाचार

झापाका अव्यवस्थीत भुमिहिनहरूले जग्गाको स्वामीत्व प्राप्त गरे ।

२०७९ आश्विन १८, मंगलवार १३:५८
रोटरी क्लव अफ दमक द्दारा  सॅचार कर्मी वस्नेत सम्मान्नीत ।
समाचार

रोटरी क्लव अफ दमक द्दारा सॅचार कर्मी वस्नेत सम्मान्नीत ।

२०७९ आश्विन १८, मंगलवार १३:५८
Next Post
पर्सामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!