झापा : झापाको कमल गाउँपालिकामा दुईजनाको हत्या भएको छ।
कमल गाउँपालिका–२ सिमलडाँगीमा २३ वर्षीय चन्द्रबहादुर माझीले गएराति आफ्नै ५० वर्षीय आमा चन्द्रकला माझी र ५० वर्षीय काका शन्तबहादुर माझीलाई खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए।
आवश्यक कानुनी प्रक्रिया पुरा गरी सबलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको बताईएको छ । पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post