दमक – झापाको दमकमा स्थापना गरेको क्लब हिमालयन टाइगरको दमकमा शनिबार सम्पन्न चौथो साधारणसभाबाट नयाँ नेतृत्व चयन गरिएको छ ।
दमकमा शनिबार आयोजित क्लब हिमालयन टाइगर दमक शाखाको चौथो साधरणसभाले पूर्ण (दिपक) खड्काको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
सो समितिको उपाध्यक्षद्धयमा मेघनाथ फुयाल, अनु भण्डारी, सचिवमा तीर्थराज राई, सहसचिवमा सविना साङपाङ राई र कोषाध्यक्षमा धर्मराज (राजु) अधिकारी रहनुभएको छ । त्यसैगरी, समितिको सदस्यहरुमा खगेन्द्र गुरागाई, दिवस खतिवडा, डिल्ली मिश्र, आशिष पौडेल, सन्तोष कार्की, सानुकुमार चौधरी, बिनोद अधिकारी र कोशिष शिवाकोटी रहनुभएको छ ।
क्लब हिमालयन टाइगरको कमल गाउँपालिकाको संयोजकमा केदार चापागाईं, बिर्तामोड नगरपालिकाको संयोजकमा भिमप्रसाद कडरिया, शिवसताक्षी नगपालिकाको संयोजकमा दीपक सुवेदी, इजरायल समन्वयन समितिको संयोजकमा खेमराज जमरकट्टेल, युएई समन्वय समितिका संयोजकमा छितिज पौड्याल, अमेरिका समन्वय समितिको संयोजकमा नारायण कुमार श्रेष्ठ, बहराइन् समितको संयोजकमा मिलन श्रेष्ठ, अस्ट्रेलिया समन्वय समितिका सँयोजकमा दिलबहादुर थापा, कतार समन्वय समितिको संयोजकमा प्रेमकुमार उप्रेती चयन हुनु भएको छ ।
२०७६ सालमा स्थापना भएको क्लबले सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताउनुभयो । क्लबले बाढी पिडितलाई सहयोग, विपन्न बर्गलाई खाद्यान्य र न्यानो कपडा वितरण, कोरोनाको समयमा माक्स, खाद्यान्य वितरण, अवाश्यकताको आधारमा व्लड व्यावस्थापन, सरसफाई कार्याक्रम, शान्ति सुरक्षा सम्बन्धी चेतना मुलक कार्याक्रम, स्कुलहरुमा व्याग र स्टेशनरी वितरण लगायत समाजमा भैपरि आउने विभिन्न समस्याहरुको तत्काल समाधान र उद्दारको काममा क्लबले दैनिक रुपमा काम गरी रहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
क्लबको आगामी योजना अनुसार देश विदेशमा शाखा विस्तार गरी नागरिकका हरेक सुख दुखको साथी बनेर सबैसँग सहकार्र्य गर्दै सक्रिय रुपमा अझ सशत भएर अघि बढ्ने सभामा उपस्थित सदस्यहरुले बताएका छन् ।
कार्यक्रममा क्लबका केन्द्रीय पदाधिकारी लगायत अन्य विभिन्न संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
Discussion about this post