कमल । झापाको कमल गाउँपालिका वडा नं. ५, पाडाजुङी स्थित रोड्स्टार पार्टी प्यालेसमा डि.पि.एल कमलको पद हस्तान्तरण कार्यक्रममा बिहिबारमा सम्पन्न भएको छ । कमलको दोस्रो अधिवेशनबाट दिवस खतिवडालाई अध्यक्षमा चयन गरिएको छ ।
पाडाजुङ्गीमा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । उक्त समितिमा निवर्तमान अध्यक्ष राजन चापागाई, वरिष्ठ उपाध्यक्षमा आशिष निरौला, कानुनी सल्लाहकारमा दीपक खड्का, महासचिवमा जीवन सापकोटा, उपाध्यक्षहरुमा (महिला) समिक्षा आचार्य र पुरुषमा गौरव घिमिरे र कोषाध्यक्षमा सुनिता अधिकारी चयन भएका छन् ।
यस्तै प्रोजेक्ट संयोजकमा संजिव पाठक, ट्रेनिङ्ग संयोजकमा सागर रेग्मी, युवा र सहभागिता संयोजकमा अरुष दास, पुस्तक र पुस्तकालय संयोजकमा निरज पौडेल, पब्लिक रिलेसन संयोजकमा जेनिशा भण्डारी, आइटी संयोजकमा कमल कटुवाल, दिगो लक्ष्म संयोजकमा कुल प्रसाद वाग्ले, कोष वृद्धि संयोजकमा नविन भट्टराई, पाठक तथा सदस्य संयोजकमा सिसम नेपाल र टिन्स वोर्ड संयोजकमा आर्दश सिग्देल चयन भएका छन् ।
उक्त कार्यक्रममा निर्वाचन आयुक्तको भूमिकाको निर्वाह गर्नका लागि डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्ष बिनोद उप्रेतीले गर्नुभएको थियो । पद हस्तान्तरण कार्यक्रममा डिपिएल नेपाल राष्ट्रिय वोर्डका अध्यक्ष सन्दिप न्यौपानेको अध्यक्षता, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)को प्रमुख आतित्थ्यता, यस्तै विशिष्ट अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय वोर्डका निवर्तमान अध्यक्ष विनोद भट्टराई, डिपिएल नेपाल संस्थापक वोर्डका कोषाध्यक्ष सन्दिप चापागाई, त्यस्तै अतिथिहरुमा डिपिएल नेपाल राष्ट्रिय सदस्य कमल गैरे, डिपिएल सस्थापक बोर्ड महासचिव देवेन्द्र प्रसाई र डिपिएल नेपाल राष्ट्रिय सदस्य रोशन सिंखडाको आतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
Discussion about this post