कमल । झापाको कमल गाउँपालिका ६ स्थित प्रादेशिक आयुर्वेद अस्पतालको आज बुधबार एक कार्यक्रममा बिच १ नम्वर प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादव र कृषी मन्त्री झलक सिंह दर्लामीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।
२०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु भएको थियो । अब यस अस्पतालको सन्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको काँधमा आएको छ। अस्पताल सन्चालनमा कुनै पनि समस्या आउन नदिने स्वस्थ्य मन्त्री जयराम यादवले बताउनु भयो ।
अस्पतालले यस क्षेत्रका जनतालाई स्वस्थ्य उपचारमा ठुलो सहयोग पुग्नेछ । यो गाउँपालिकामा पहिलो पटक ५० शैयाको प्रादेशिक आयूवेर्दिक अस्पताल निर्माण भएको हो । अस्पताल उद्घाटन मात्र भएर हुदैन आवश्यक दक्ष जनशक्ति र उपकरण समयमा जडान भए मात्र विरामीलाको उपचार पाउन सक्ने छन् । यसको व्यवस्था चाडै होस र नमुनाको रुपमा यो अस्पताल सन्चालन हुन सकोस् भन्ने कृषि मन्त्री झलकसिंह दर्लामिले शुभकामना दिनुभयो ।
पछिल्लो समय आयुर्वेदिक उपचार तर्फ मानिसहरुको आकर्षण बढ्दै गएको छ । कमल गाउँपालिकामा प्रदेश स्तरिय आयुर्वेदिक निर्माण हुनु गौरवको कुरा हो । यो अस्पताल सन्चालनमा गाउँपालिका प्रचारमुखी अभियानमा लाग्ने कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले बताउनु भयो ।
अस्पतालले आजैबाट ओपिटी सेवा सन्चालनमा ल्याएको छ । यस अस्पतालबाट सबै प्रकारका विरामीको उपचार हुने अस्पतालका निमित्त आयुर्वेदिक चिकित्सक डाक्टर अनिल कुमार यादवले जानकारी दिनुभयो । कार्यक्रममा जग्गा दाता मणी भण्डारीलाई खादा र सम्मान पत्रबाट सम्मान समेत गरिएको थियो । यो अस्पताल २ बिगाह १ धुर क्षेत्रमा फैलिएको छ ।
Discussion about this post