झापा – आज हरितालिका तीजपर्व मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ । आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ । पछिल्ला वर्ष नेपालमा सबै धार्मिक समुदायले तीजलाई पारिवारिक सु–स्वास्थ्य र दीर्घायुको कामना एवम् विश्वासकासाथ मान्ने गरेको पाइन्छ ।
Discussion about this post