दमक । झापाको दमक–६ स्थित लाईफलाईन रोडमा आज सोमबारबाट अलपसल मिनिमार्टको उद्घाटन गरिएको छ।
उक्त कार्यक्रममा दमक वडा नं. ६ का वडा अध्यक्ष टेक बहादुर थापाको उपस्थितिमा आज सोमबार मिनिमार्टको उद्घाटन गरिएको हो ।
यस मिनिमार्टमा विशेष गरी खाद्यान्नका सम्पूर्ण सामानहरु उचित मूल्यमा पाउनुका साथै कस्मेटिक, पेयपदार्थ लगायत ताजा फलफूल र सब्जी पाउने मिनिमार्टका सञ्चालक अनिल तिखत्रीले बताउनुभएको छ ।
साथै कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुँरागाई, स्थानीय व्यापारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post