दमक – झापाको दमकमा छरिएर रहेका ख्रीष्टीयन समुदायको साझा सस्था दमक नगर ईसाई समाजले शुक्रबार आफ्नो २६औं स्थापना दिवस तथा बार्षिक सभा सम्पन्न गरेको छ । दमक–२ भाङबारीस्थित ज्योती मण्डलीमा आयोजित २६औं स्थापना दिवस तथा बार्षिक सभामा दमक नगर ईसाई समाजले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुहुने विभिन्न व्याक्तित्वहरुलाई मान–सम्मान गरेको छ ।
इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथी तथा प्रमुख बक्ताको रुपमा बिराटनगर ई्साई समाज तथा ख्रीष्टीयन समुदायीक मण्डलीका पाष्टर सुरज मल्ल रहनुभएको थियो ।
त्यस्तैं, बिराटनगर इसाई समाज युवा संगतीका निवर्तमान अध्यक्ष सुरेन्द्र मल्ल, दमक नगर इसाई समाजका वरिष्ठ सल्लाहकार रेभ पाष्टर एन डी थुलुङ राई लगायतले प्रवचन राख्नुभएको थियो ।
कार्यक्रममा दमक–१ स्थित आदनको बगैंचा अर्थात समाधीस्थलमा मलामी तथा आगान्तुका लागि निर्माण गरिएको ट्रससहितको भवन निर्माणकर्ता स्वर्गीय दलबहादुर कुरुबाङ र उहाँकी धर्मपत्नी स्वर्गीय विष्णुकुमारी शेर्मा (कुरुम्बाङ्ग) का सम्पुर्ण कुरुम्बाङ्ग परिवारहरुलाई प्रसंशनीय कार्यको उच्च मुल्यांकन गर्दै कदर–पत्रले सम्मानित गरिएको थियो ।
त्यस्तैं, स्वास्थ्य संस्था (अस्पताल) हरुमा उपचाररत बिरामीहरुका निम्ति आपतकालिन रगत व्यस्थापन गर्ने अभियान (ईमर्जेन्सी फ्रेस ब्लड डोनर्स ग्रुपका संयोजक) मा सक्रिय सुरज लिम्बूलाई सम्मान–पत्रद्वारा सम्मानित गरिएको थियो । ईमर्जेन्सी फ्रेस ब्लड डोनर्स ग्रुपका संयोजक लिम्बू दमक इसाई युवा समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
२६औं स्थापना दिवस तथा बार्षिक सभामा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार पाष्टर राजकुमार नाछिरिङ राई, पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, ज्योती मण्डलीका पाष्टर पदम थुलुङ लगायत विभिन्न क्षेत्रबाट सहभागि पाष्टरहरुको उपस्थिति थियो । कार्यक्रममा दमकका स्थानीय मण्डलीहरुरुबाट कोयर गायन झुण्डबाट स्तुति प्रसंशा गरिएको थियो ।
कार्यक्रममा नृत्य गर्ने मण्डलीहरुरुबाट सहभागि कलाकारलाई दमक नगर इसाई समाजको तर्फबाट मायाको चिनो प्रदान गरिएको अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । सो कार्यक्रमलाई स्वागत मन्तब्य दमक नगर इसाई समाजका उपाध्यक्ष पाष्टर हेमन्त सुब्बाले, दमक नगर इसाई समाजका सचिव पाष्टर कुमार तामाङ र सहसचिव पाष्टर डिके बेघा लिम्बूले गर्नुभएको थियो ।














Discussion about this post