झापा । झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन जनाको शव फेला परेको छ । हिजो (शनिबार) दिउँसोदेखि हराएका उनीहरुको कचनकवल गाउँपालिका वडा नम्वर ५ मा आज आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरूको शव मृत अवस्थामा फेला परेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेकी छन् ।















Discussion about this post