झापा – झापाको गौरीगन्ज गाउँपालिकाकोअध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी तथा उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।
राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका थिए ।
अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष दुवै पदमा पुरुषले प्रतिनिधित्व गरेको सो गाउँपालिकाको आगामी पाँच बर्षे नेतृत्वको जिम्मेवारी महिलाले पाएका हुन ।















Discussion about this post