भोजपुर । भोजपुर नगरपालिका वडा नम्वर १२ मोहरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रामप्रसादराई गाउँपालिका–७ आरीखोला घर भएका हाल मोहरिया बस्दै आएका २५ वर्षीय गणेश थापाको रुखमा चढेर घाँस झार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार बिहान पौने ७ बजे काब्राको रुखबाट घाँस झार्ने क्रममा बिजुलीको नाङ्गो तारमा हाँगाले लाग्दा थापालाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । करेन्ट लागेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट परिचालन भएको प्रहरी टोलीले आवश्यक कानुनी प्रकृया पूरा गरी घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post