म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाउने निर्णय गरेको छ।
सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ। सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुई/दुई वर्षको जेल सजाय सुनाएको थियो।
गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन् ।
सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत ११ वटा आरोप लगाएको छ। यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन् । -एजेन्सी















Discussion about this post