मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

दमक पोष्ट by दमक पोष्ट
२०८३ बैशाख १०, बिहीबार ०५:५९
in समाचार
0
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
162
SHARES
507
VIEWS
Spread the love

 

१० बैसाख २०८३

थम्बु समुदाय नेपालका भूमिपुत्र (मूलबासी) समुदायहरूमध्ये एक मानिन्छ। यो समुदाय विशेषगरी मध्य–पूर्वी नेपालका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली तथा काठमाडौं उपत्यका आसपासका क्षेत्रमा बसोबास गर्दै आएको पाइन्छ।

इतिहासअनुसार थम्बु समुदाय वल्लो किरात राज्यसँग सम्बन्धित शासक वंशका सन्तान हुन्। प्राचीन कालमा काठमाडौं उपत्यकामा बसोबास गर्ने किराती वंशलाई नाग जातिका रूपमा चिनिन्थ्यो, र ती किराती नागवंशीमध्ये थम्बु समुदायको उल्लेख पाइन्छ।

करिब ३००० वर्षअघि गोपाल र महेशपाल वंशका शासकहरू (कृष्ण समूहसँग सम्बन्धित) भारतको मथुराबाट बागमती किनार हुँदै काठमाडौं उपत्यकामा प्रवेश गरी त्यहाँका मुलबासी किराती नागवंशी थम्बुहरूलाई दमन गरेको उल्लेख किराती परम्परागत इतिहासमा भेटिन्छ।

यस क्रममा यलम्बर थम्बु राजाका पुर्खाहरू काठमाडौं उपत्यकाबाट विस्थापित भई बारा जिल्लाको सिमङ्गघाटसम्म पुगेका र पछि पुनः उत्तरतर्फ फर्केर तामाकोशी नदीको किनार पछ्याउँदै दोलखा जिल्लाको किरातीछाप क्षेत्रमा आएर बसोबास गरेको ऐतिहासिक शिलापत्र र मुन्धुम पाइन्छ।

द्वापार युगको कालखण्ड (करिब ८,३४,००० वर्षअघि) मा किरात शासन दोलखाको किरातीछाप क्षेत्रमा केन्द्रित रहेको मानिन्छ। चरिकोटको पूर्व–दक्षिणतर्फ अवस्थित ‘किरातीछाप’ नै किराती थन्बुहरूको राजधानी रहेको छ। आज पनि किरातीछापमा घटनास्थापनाको दिन पञ्च भलादमी बसेर हाई–हाई राजा, पतरङ्गी राजा, स्युस्यु राजा आदिका नाम उच्चारण गर्दै संकल्प गर्ने परम्परा जीवित छ। यसै क्षेत्रसँग सम्बन्धित रूपमा, दोलखा भिमसेनथानको पूजा सुरु हुनु अघि मछिन्द्रनाथको पूजाहारी थाङ्मी (थम्बु) समुदायबाट सुरु गर्ने परम्परा आजसम्म पनि कायम छ।

चरिकोट नजिकै रहेको किरातीछाप थम्बुहरूको राजधानी थियो। हालको दोलखा जिल्लाको शैलुङ क्षेत्रमा किराती राजा हाई–हाई थम्बु र स्युस्यु थम्बु राजाहरूको भेडा–बाख्रापालन व्यवसाय रहेको उल्लेख पाइन्छ। यही गोठ क्षेत्रमा यलम्बर राजाको जन्म भएको मानिन्छ। यलम्बर राजाको न्वारानको नाम ‘यलुङ्ग’ थियो, र यही नामबाट यलुङ्ग हुँदै शैलुङ नामकरण भएको किब्दन्ति पाइन्छ। शैलुङ दोलखा र रामेछाप जिल्लाको सिमानामा अवस्थित छ।

समुद्री सतहबाट करिब ३,४०० मिटर उचाइमा अवस्थित ‘सय थुम्का’ अर्थात् शैलुङ डाँडा दोलखा जिल्लाको दक्षिण–पश्चिम भागमा पर्दछ। शैलुङ डाँडा प्राकृतिक सौन्दर्यका साथै धार्मिक दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण स्थल हो।

आज यहाँ हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जनैपूर्णिमा, बालाचतुर्दशी, बाह्रवर्षे मेला आदि पर्वहरूमा दर्शनार्थीका रूपमा पुग्ने गर्छन्। शैलुङ क्षेत्रमा रहेका सयवटा मनमोहक थुम्काहरू किराती सभ्यतासँग गहिरो रूपमा सम्बन्धित छन्। यद्यपि, किराती समुदाय यस क्षेत्रबाट विस्थापित भएपछि अहिले ती स्थानहरू हिन्दु र बौद्ध समुदायका धार्मिक केन्द्रका रूपमा विकसित भएका छन्।

त्रीपुरासुन्दरी मन्दिरमा गरिने बलिपूजाको प्रारम्भ थम्बु समुदायका थामी पुजारीबाट गर्ने परम्परा ऐतिहासिक रूपमा रहँदै आएको छ। त्यसपछि मात्र अन्य जाति–समुदायले पूजा गर्ने चलन रहेको पाइन्छ। विशेषगरी तीन जना हिप्पा थामीलाई बलिपशुको रगत चढाउने, त्यसपछि राजकुलेश्वर मन्दिरमा ती थामीहरूलाई पगरी लगाइदिई पूजा गर्ने र बलेको बत्ती मुखमा राख्ने परम्परा आजसम्म पनि जीवित छ।

यलम्बर राजा दोलखाको किरातीछापबाट आफ्ना सैनिकसहित गोपाल तथा महेशपाल वंशी शासकहरूसँग युद्ध गर्न काठमाडौं आएका थिए भन्ने विवरण किराती शिलापत्रहरूमा उल्लेख भएको पाइन्छ। काठमाडौं उपत्यकामा युद्धमा विजय प्राप्त गरेपछि यलम्बर राजाले कैरात राज्य स्थापना गरी पाटनमा दरबार निर्माण गर्दै उपत्यकामा किराती शासन र विरासत कायम गरेका थिए। यलम्बर राजाको शासनकालमा राज्यको भाषा ‘थाङ्मी खाम’ र लिपि ‘यलुङ्ग लिपि’ प्रयोगमा रहेको तथा त्यससम्बन्धी सूचिपत्र जारी गरिएको उल्लेख पाइन्छ।

गोपाल वंशी इतिहास अध्ययन गर्दा पनि बागमती र तामाकोशी किनारमा बसोबास गर्ने नागवंशी जातिहरू नै किराती थम्बु थिए भन्ने तथ्य भेटिन्छ। काठमाडौं उपत्यकाका प्राचीन किराती नाग जातिहरू नै आजका थम्बु समुदाय हुन्, जो अहिले थामी, थाङ्मी र थानमी नामले चिनिन्छन्। काठमाडौं उपत्यकाका धेरै प्राचीन स्थानमा, सभ्यता र सांस्कृतिक पदावलीहरू थाङ्मी खाम भाषासँग सम्बन्धित छन्। यस आधारमा काठमाडौंका प्राचीन नाग जाति थम्बु समुदाय नै भएको ऐतिहासिक प्रमाणहरू प्रशस्त भेटिन्छन्।

भाषा र संस्कृति
थम्बु समुदायले आफ्नै ‘थाङ्मी खाम’ भाषा प्रयोग गर्छ। यस समुदायको संस्कृति प्रकृतिपूजा, पुर्खा पूजा, भूमे पूजा, उधौली–उभौली, छिम्या पूजा, माघे संक्रान्ति र साउने संक्रान्ति जस्ता सामुदायिक परम्परामा आधारित छ। जन्म, विवाह र मृत्युसँग सम्बन्धित संस्कारहरू आफ्नै गुरु (झाँक्री) र मुन्धुम परम्पराअनुसार सम्पन्न गरिन्छ।

धेरै इतिहासकारहरूको अनुसन्धानले पल्लो किरात (लिम्बु), माझ किरात (खम्बु) र वल्लो किरात (थम्बु) का पुर्खा एउटै भएको निष्कर्ष प्रस्तुत गरेका छन्। वल्लो किरातभित्रका थम्बु (थाङ्मी, थामी, थानमी), जिरेल, सुरेल, सुनुवार र चेपाङ समुदाय एउटै बाजेका सन्तान भएको उल्लेख विभिन्न ऐतिहासिक अध्ययनमा पाइन्छ। दोलखा जिल्लाको बाबरे क्षेत्रको इतिहासमा आधा भू–भाग सुनुवार (राई) र आधा भू–भाग थामी (थम्बु) को अंश रहेको उल्लेख भेटिन्छ, जसले दाजुभाइबीच अंशबन्डा हुने परम्परालाई पुष्टि गर्दछ।

काठमाडौं उपत्यकाको प्राचीन राज्य व्यवस्था, राजाहरू, संस्कृति, संस्कार, भाषा, भेषभूषा, मुन्धुम र किरात सभ्यताको गहिरो सम्बन्ध थम्बु समुदायसँग रहेको देखिन्छ। राजा त सबैको साझा नै हुन्छ्न यो इतिहासले वशको पहिचान अर्थात किराँती थम्बु समुदायको अस्तित्व देखाउछ ।

लेखक : मदन थम्बु (थोरो रिश्मी)


Spread the love
Previous Post

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

Next Post

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

सम्बन्धित समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।
समाचार

बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।
समाचार

पूर्वाधार निर्माणलाई गति दिन विमान स्थल राती ७ घन्टा वन्द ।

२०८३ बैशाख १०, बिहीबार ०५:५९
Next Post
आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!