८ बैसाख २०८३झापा
झापाको भद्रपुर नगरपालिका ४ मन्त्री चोकमा आयोजित राधाकृष्णको अष्टजाममा दुई समूहबीच ग्याङफाइट भएको छ ।
७ गतेराती ९ः३० बजे अष्टजाम हेर्न जाँदा दुई समूहबीच झैझगडा भई कुटपिट हुँदा कचनकवल ४ बस्ने १७ वर्षीय बिक्रम माझी घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । टाउको र कानमा चोट लागेका माझीको अवस्था मध्यम रहेको छ ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्न चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर ७ बोक्तोबारी बस्ने बर्ष १८ का आदित्य सहनी , सोही ठाउँ बस्ने बर्ष १९ का रोमन मिस्त्री, बर्ष १८ का विवेक राजबंशी र वडा नम्बर ६ फुटानीचोक बस्ने बर्ष १८ प्रल्हाद राजबंशी रहेका छन् ।














Discussion about this post