७ पौष २०८२,काठमाडौँ ।
सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दैसर्वपक्षीय सरकार निर्माण र संविधान पुनर्लेखनको मागसहितसंयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ।आन्दोलन आगामी पौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुनेजनाइएको छ।
आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजकतोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंहठकुरीलाई दिइएको छ।
यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेकाछन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीप्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।
आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँको भोजनगृहमा आयोजित कार्यक्रममार्फत गरिएको थियो। उक्तकार्यक्रममा आन्दोलनका अगुवा रवि किरण हमालले वर्तमानराजनीतिक व्यवस्था देशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबीगर्दै निर्णायक संघर्षको चरणमा प्रवेश गरिएको घोषणा गरे।
उनलेमुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्तगराउन अब सडकबाट दबाब सिर्जना गर्न आवश्यक भएको उल्लेखगर्दै निर्णायक संघर्षमा साथ दिन सबै देशवासीलाई अपिल गरेकाछन्।
आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीतदिशामा अघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको रसंविधानमा रहेको शासकीय स्वरूपले जनताको वास्तविक भावनातथा आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाइएकोछ।
विद्यमान राजनीतिक संरचना र संविधानकै कारण मुलुकदीर्घकालीन राजनीतिक र संवैधानिक संकटमा फस्दै गएको ठहरआन्दोलनकारीहरूको छ।
संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फतराजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुनेआन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने जनाएको छ।विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूकोसक्रिय सहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाकोआधार बनाइने आयोजकहरूको भनाइ छ।।











Discussion about this post