१८ असार २०८२ काठमडौ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले लाओसविरुद्ध एकै खेलमा ५ गोल गर्दै राष्ट्रिय टोलीका लागि ६१ गोल पुर्याएकी छन्।
नेपालको १००औं अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक कप्तान बनेकी साम्बाले ह्याट्रिकसहित सानदार प्रदर्शन गर्दै नेपाललाई एकतर्फी जित दिलाइन्।
सन् २०१४ मा भुटानविरुद्ध डेब्यु गरेकी साम्बाले ५८ खेलमा ६१ गोल गर्दै नेपाल मात्र होइन, दक्षिण एसियाकै सर्वाधिक गोलकर्ता बनेकी छन्।
साम्बा अबसम्म ११औं कप्तान बनेकी हुन्। रमा सिंहदेखि एन्जिला तुम्बाप्पोसम्मको नेतृत्व यात्रामा साम्बाको कप्तानी नयाँ इतिहास बनेको छ।
पहिलो पटक कप्तान बनेकी साम्बाले कप्तानको पूर्ण जिम्मेवारी गोलमै परिणत गर्दै आफैंलाई ‘लिजेन्ड’को स्तरमा उभ्याएकी छन्।
Discussion about this post