९ जेष्ठ २०८२ /
दमक नगरपालिका वडानम्बर ६ बसपार्क को प्रागणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुरुप नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाइसमितिको आयोजनामा लागू पदार्थ सेवन चेकजाँच तथा सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।
- इलाका प्रहरी कार्यालय दमक झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, ट्राफिक प्रहरी कार्यालय र दमक अस्पतालको प्राविधिक सहयोगमा पूर्व पश्चिम राजमार्गमा संचालन हुने सार्वजनिक यात्रुवाहक बस, EV तथा निजि सवारी साधनहरुबाट बढ्दो सवारी दुर्घटना न्यूनीकरणको लागि सार्वजनिक यात्रुवाहक बस र EV चालक / सह-चालकहरुको स्वास्थ्य परीक्षण र लागू पदार्थ सेवन चेकजाँच कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ६२ जना चालकहरुलाई स्वास्थ्य परिक्षण गर्नुका साथै शंकास्पद २७ जना चालक/सह चालकहरुलाई ला.प.से. चेकजाँच गर्दा जम्मा ०६ जनामा पोजेटिभ देखिएकोमा थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमक झापा पठाईएको साथै सवारी चालकहरूको स्वास्थ्य परीक्षण एवं लागु औषध विरुद्ध यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ श्री राम प्रसाद तिमल्सिनाले सचेतनामूलक मन्तव्य राख्नुभएको ।
















Discussion about this post