६ जेठ २०८२, मंगलबार
मूल समारोह समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन गरी कार्यक्रम आयोजना गर्नेछ।
- सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गरी तीन दिन गणतन्त्र दिवस मनाउने गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले बताए ।
उनका अनुसार गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरूरु, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।
बैठकले जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तीन तहकै सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ-सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरु गठन गरिएको छ ।
यस्तै, विदेशस्थित नेपाली राजदुतावास, कुटनीतिक नियोग तथा वाणिज्य दुतावासमा पनि कार्यक्रम तय गरिएको छ ।
जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुंडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।
गृहसचिव दुवाडीकाअनुसार गणतन्त्र दिवसको अवसरमा जेठ १४ गते संघीय सरकार र केन्द्रिय स्तरका कार्यक्रमहरु र प्रदेश तथा स्थानीय स्तरका कार्यक्रमहरु हुनेछ ।
जेठ १४ गते गणतन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटक जनचेतनामुलक कार्यक्रम हुनेछन् ।















Discussion about this post