मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

पुस्तक समीक्षाः ‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा

दमक पोष्ट by दमक पोष्ट
२०८० जेष्ठ १८, बिहीबार २१:०२
in Banner News, समाचार
0
पुस्तक समीक्षाः ‘हृदय’ पगाल्ने ‘भगवान्’ को कथा
167
SHARES
523
VIEWS
Spread the love

काठमाडौँ, १८ जेठ (रासस) : डा भगवान् कोइरालाले जीवनमा आर्थिक अभाव, राजनीतिक दबाब र मानसिक तनाव धेरै भोग्नुभयो । यसलाई उहाँ त्यति महत्व दिनुहुन्न जति उहाँ आफ्नो मेडिकल करिअरमा करिब १५ हजारलाई जीवन दिन पाएकामा गौरव गर्नुहुन्छ ।

नेपालमा पहिलो पटक ओपन हार्ट सर्जरी प्रोगाम सुरु गर्ने शल्यचिकित्सक नै डा कोइराला हुनुहुन्छ । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मा २०५३ फागुन १६ गते नेपालीबाट नै भएको पहिलो ओपन हार्ट सर्जरी थियो । ओपन हार्ट सर्जरीमा शल्यचिकित्सकले छातीमा ठूलो चिरा पारेर भित्रको पिंजडारूपी करङ खोली मुटुको शल्यक्रिया गर्छन् । यसमा बिरामी मुटुको भल्भ मर्मत वा फेर्ने, डोनोर (दाता) मुटु राख्ने, जन्मजात बिग्रेको मुटुलाई मिलाउने तथा लाइफ सेभिङ मेडिकल डिभाइस राख्ने काम हुन्छ । नेपालीहरू मात्रले गरेको त्यो पहिलो ओपनहार्ट सर्जरी थियो । त्यसपछि वीर अस्पताल, गङ्गालाल हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिक सेन्टरमा पनि सुरु भई हालसम्म चलिरहेको छ । अमेरिका र क्यानडाका केही उत्कृष्ट अस्पताल र विश्वविद्यालयको तालिमपछि डा कोइराला नेपालमा ओपन हार्ट सर्जरी गर्न सकिने आत्मविश्वास लिएर आउनुभएको थियो । यसले विदेशमा घुम्न, खान मात्र होइन त्यहाँ सिकेको ज्ञान नेपालमा लागु गर्न अन्य नेपालीलाई पनि प्रेरणा दिन्छ ।

युक्रेनको खार्किभ नेसनल मेडिकल इन्स्टिच्युटबाट स्नातक र बङ्गलादेशको ढाका युनिभर्सिटीको नेसनल इन्स्टिच्युट अफ कार्डियोभास्कुलर डिजिजबाट स्नातकोत्तर डा भगवान् कोइरालाले बेस्टेट मेडिकल सेन्टर, म्यासाचुसेट्स, अमेरिका र टोरन्टो युनिभर्सिटी हस्पिटल फर सिक चिल्ड्रेनमा कार्डियाक सर्जरीसम्बन्धी फेलोसिप तथा बङ्गलादेशबाट एमएस इन कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी गर्नुभएका उहाँ निरन्तर ओपन हार्ट सर्जरी सुरु गर्ने प्रक्रियामा लागिरहनुभयो । नेपालको पहिलो मुटु अस्पताल सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र त्रिवि शिक्षण अस्पताल महाराजगन्जको नेतृत्व गर्दै हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्यकारी निर्देशक, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष र इन्स्टिच्युट अफ मेडिसिन, कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी विभाग प्रमुख डा कोइराला र टोलीले गरेको प्रयत्नले नेपालले मुटु रोगको उपचारमा एउटा हैसियत प्राप्त गरेको छ । डा कोइराला र उहाँका सहयोगी, सहकर्मी र हाकिमहरूको अहोरात्र योगदानले नै नेपालमा मुटुको स्तरीय सेवा सुरु भएको हो र विदेशबाट समेत सोको उपचारमा आउनु नेपालका लागि अति नै गौरवको विषय हो । “ भारतको एस्कर्टस तथा अन्य अस्पतालमा नेपाली बिरामीहरु उपचार गराउन जाँदा त्यहीँका डाक्टरले ‘यस्तो समस्याका लागि तपाईँहरु किन आएको ? गङ्गालाल (हृदय केन्द्र) मै उपचार हुन्छ त’ भनेर सम्झाउने गरेको पनि पाइयो । कतिपयले त भारतमा परीक्षण गराउँदा अपरेसन गर्नुपर्छ भन्ने जानकारी पाएपछि फर्किएर गङ्गालालमै अपरेसन गर्न आएको पनि हामीले पाएका थियौँ”, कृतिमा लेखक नेपालको मुटु स्वास्थ्योपचारमा पाइएको विदेशीको समेत यस्तो प्रशंसा र समाजलाई केही न केही योगदान दिन पाएमा आत्मसन्तुष्टि व्यक्त गर्नुहुुन्छ ।

जीवनमा केही गणना गर्न सकिने हिसाबले नै विभिन्न कुटाइ र र अन्य सङ्कट पार गर्नुभएका डा कोइराला पढ्दा पढ्दै न्युरोको गम्भीर बिरामी हुनाका साथै भेइकलसम्बन्धी एक्सिडेन्टहरू पनि मजाले भोग्नुभयो । ब्याडमिन्टन र गल्फ खेलाडी उहाँ केशकर्तन गर्न पनि सिपालु हुनुहुन्छ । हेल्थ एसिस्टेन्टमा ब्याच टप भएर क्राइटेरिया पुगेर पनि बङ्गलादेशमा एमबिबिएस अध्ययन गर्न नपाउनुभएका उहाँले सोभियत सङ्घमा पढ्न पाइएको अर्काे अन्तर्वार्तामा भने ठाडठाडो जवाफ दिएर नाम निकालिछाड्नुभयो जहाँ उहाँ सुरासुन्दरीविहीन भई पढाइमै हेलिनुभयो ।

पाल्पाको मध्यमवर्गीय परिवारबाटै उठ्नुभएका उहाँ कलेजका नियमित विद्यार्थी हुनुहुन्थ्यो र सकभर कुनै पनि क्लासको लेक्चर छुटाउनुुहुन्नथ्यो । चालिस वर्षअघि नै ब्याच टप गरेर हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी काठमाडौँस्थित इन्द्रायणी हेल्थ पोस्टमा इन्चार्ज र तीस वर्षअघिदेखि त्रिवि शिक्षण अस्पतालमा हाउस अफिसरबाट जीवनवृत्ति सुरु गरी व्यवस्थापनको जिम्मेवारी लिनुभएका व्यस्त चिकित्सक डा कोइराला आफूले जानेको विषयमा कनिष्ठहरूलाई हस्तान्तरण गर्न अति नै इच्छुक हुुनुहुन्छ । कुनै राजनीतिक वाद र दलमा नलागी सबै राजनीतिक व्यक्तिहरूसँग उहाँको राम्रो सम्बन्ध छ ।

सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र स्थापना र सञ्चालन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर स्थापना र सञ्चालन, नागरिक अस्पताल र अर्गान ट्रान्सप्लान्ट सेन्टर सञ्चालनमा सहयोग, ग्रामीण एवं दुर्गम क्षेत्रमा स्थानीय सङ्घसंस्थाका सहकार्यमा दर्जनौँ स्वास्थ्य शिविरमा उहाँले दसौँ हजार बिरामीलाई मुटुको विशेषज्ञ सेवा दिइसक्नुभएको छ । नसर्ने रोग र सुर्तीजन्य वस्तुको नियन्त्रणबारे राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न, स्वास्थ्य सेवामा विकेन्द्रीकरण गर्न, राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा सहयोग, गरिबहरुलाई मुटुको भल्भ निःशुल्क उपलब्ध गराउन तथा १५ वर्षभन्दा कम र ७५ वर्षभन्दा बढी उमेरकालाई मुटुसम्बन्धी शल्यक्रियालगायतमा सम्पूर्ण उपचार निःशुल्क गराउन उहाँले योगदान दिनुभएको छ । गङ्गालाल अस्पतालको व्यवस्थापन राम्रो गरेका आधारमा जनप्रशासन सङ्घ नेपालले ‘हेमबहादुर मल्ल सम्मान’ र व्यवस्थापन सङ्घ नेपालले म्यानेजर अफ द इयर’ उपाधि पनि उहाँलाई दिए । अवकाशपछिको जीवन पनि ‘देउता जस्तो’ भगवानले सोचिसक्नुभएको छ – बालरोग विशेषगरी मुटुको उपचारका क्षेत्रमा काठमाडौँमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ र प्रदेशमा एक एक सामान्य बाल अस्पताल स्थापना गर्ने र त्यसैमा समर्पित हुने । सो पवित्र कार्यमा अहिले डा मीनेन्द्र रिजाल जस्ता नेताहरूले पनि सघाउन थाल्नुभएको छ ।

अस्पतालमा कर्मचारीले चिकित्सकलाई हेप्ने, मन्त्री–सल्लाहकार–नेता र तिनका मान्छेले निःशुल्क उपचार खोज्ने–मादक पदार्थ सेवन गर्ने, मन्त्रीले अस्पतालमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिने, अस्पतालको गोदामबाट औषधि हराउने जस्ता दबाब र तनाबका कुरा त उहाँको व्यवस्थापकीय–चिकित्सीय जिम्मेवारीका बेला कति भए कति भए । विदेशमा बसाइँसराइ गर्न जाने कर्मचारीले पनि राजीनामा नदिई बिदामा बसेर पद अड्काउन खोजेको तथा मन्त्री तथा उच्चस्तरका व्यक्तिलाई आफ्नै पैसाले उपचार गराएको थुप्रै उदाहरण पनि लेखकले निर्धक्क भई दिनुभएको छ । दरबार हत्याकाण्डका बेला पनि सैनिक अस्पताल छाउनीमा राजपरिवारका सदस्यलाई राम्रो उपचार गरेर उहाँले आफ्नो पदीय जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभएको छ, जुन अध्याय रोचक पनि छ ।

मुटु तथा फोक्सोसम्बन्धी सेवालाई सबै विकास क्षेत्रमा विकेन्द्रित गर्न हार्टलङ एकेडेमी स्थापनासम्बन्धी अवधारणा भने बिचैमा तुहिएकामा भने उहाँलाई अति नै दुःख लाग्छ । अहिले भने बालचिकित्सा क्षेत्रमा क्रियाशील हुँदाहुँदै आफ्नो जीवनको उतारचढाव र स्वास्थ्य क्षेत्रमा आफूले गरेको योगदानलाई लिपिबद्ध गरी ‘हृदय’ पस्केर उहाँले स्वास्थ्य क्षेत्रको आफ्नो समयको इतिहासको ज्ञान सबैलाई बाँड्नुभएको छ ।

कृतिमा पुनरुक्ति र सामान्य वर्णविन्यासका दोष छन् नै । चिकित्सा पेसामा रहेकाले उहाँले सोसम्बन्धी प्राविधिक शब्द र सङ्क्षिप्त शब्द अङ्ग्रेजीमा राख्नुभएको छ जसलाई बुझ्ने भाषामा पनि कतै दिइएको भए हुन्थ्यो । निःस्वार्थ र निर्भय डा कोइरालाले आफ्नो नाम सार्थक बनाई व्यक्तिगत जीवन र स्वास्थ्योपचारका साथै तत्कालीन नेपालको राजनीतिक वातावरण र वैदेशिक स्थितिबारे पनि पुस्तकमा उल्लेख गरेर पाठकहरूलाई गुन नै लगाउनुभएको छ ।


Spread the love
Previous Post

झापाको मेचीनगरबाट चर्च तथ्याङ्क संकलन सुरु

Next Post

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

सम्बन्धित समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।
समाचार

आज बैसाख १० गते पासॅाग ल्हामू स्मृती दिवस ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।
समाचार

थम्बू जाती समुदायका हुन किॅरॅाती राजा यलम्बर ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।
समाचार

मन्त्री सुधनगुरुगॅले गृहको पदबाट दिए राजीनामा ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।
समाचार

बजारमा सुन ८०० रूपैया प्रतितोला कायम,चॅादीको मुल्य पनि घट्यो ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
झापाको  भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।
समाचार

झापाको भद्रपूरमा भएको एकधार्मिक कार्यक्रममा सामुहिक फाईट ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।
समाचार

रातो मच्छीन्द्रनाथको रथयात्रा आजदेखी शुरु हूदै ।

२०८० जेष्ठ १८, बिहीबार २१:०२
Next Post
वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!