झापा – चर्चित रेडियो कार्यक्रम ‘ज्योतिष दर्पण’का कार्यक्रम प्रस्तोता ज्योतिषी पंण्डित लक्ष्मण सुवेदी यही जेठ २१ गते शनिबार झापाको दमकमा आउन लाग्नु भएको छ । उहाँ केहि दिनको बसाईका लागि दमक आउन लाग्नुभएको हो । भने त्यसपश्यात् मोरङको विराटनगर तथा सुनसरीकोे ईटहरी र धरानमा आफ्नो सेवा प्रदान गर्नुहुनेछ ।
झापाको दमकमा बसाईका क्रममा सुवेदीले संचालन गर्ने लोकप्रिय रेडियो कार्यक्रम “ज्योतिष दर्पण” रेडियो किङ्ग एफएम १०४.१ मेगाहर्जको स्टेशनबाट सोझै प्रसारण गरिने रेडियोका स्टेशन म्यानेजर गोपाल झापालीले बताएका छन् । साथै दमकको बसाईका क्रममा ज्योतिष र त्यससँग सम्बन्धि अन्य जानकारी लिनको लागि पं. सुवेदी सँग सिधै भेटघाट तथा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सनातन रेडियो नेटवर्क (SRN) ले उत्पादन गर्ने गरेको ज्योतिष दर्पण कार्यक्रम हरेकदिन बिहान ८ बजे देखि ९ बजेसम्म नेपालका ४० वटा भन्दा धेरै चर्चित रेडियो स्टेशनहरुबाट ७७ जिल्लामा एकसाथ प्रसारण हुने गरेको र कार्यक्रमबाट श्रोताहरुले प्रत्यक्ष रुपमा ज्योतिष, वास्तु र धर्मसंस्कारका बारेमा जानकारी लिने गरेको पंण्डित सुवेदीले बताउनु भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषितभइ ख्याती कमाउनु भएका ज्योतिषी पंण्डित सुवेदी नेपाल ज्योतिष परिषद् चितवन जिल्ला समितिका सचिव समेत रहनुभएको छ ।
Discussion about this post