काठमाडौँ – काठमाडौँको चन्द्रागिरी नगरपालिकाको मेयरमा पुनः नेपाली काङ्ग्रेसका घनश्याम गिरी विजयी भएका छन् ।
काङ्ग्रेस र राष्ट्रिय जनमोर्चाको गठबन्धन रहेको नगरमा उनले १५ हजार चार सय ७५ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी उत्तमबहादुर राउतले १४ हजार छ सय ५१ मत पाए । गिरी यस नगरको निवर्तमान मेयर पनि हुन् ।
उपमेयरमा नेकपा (एमाले)की बसन्ती श्रेष्ठ निर्वाचित भइन् । श्रेष्ठले १५ हजार पाँच सय ६४ र यही पदमा जनमोर्चाका रोशन दानीले चार हजार चार सय ५९ मत पाएका छन् ।
Discussion about this post