मिति परिवर्तन
मुद्रा विनिमय
राशिफल
Damak Post
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
    • नेकपा एमाले
    • नेपाली काङ्ग्रेस
    • माओवादी
    • राष्ट्रिय जनमोर्चा
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
    • जनता समाजवादी पार्टी
  • स्वास्थ्य
  • अर्थ
  • अन्तर्वार्ता
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • समाज
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • पर्यटन
    • शेयर बजार
    • जीवनशैली
    • धर्म संस्कृति
    • सूचना प्रबिधि
    • सहित्य र कला
    • पत्रपत्रिका
    • राशिफल
    • कृषि
    • फोटो फिचर
    • शिक्षा
    • भिडियो
    • बिचार
    • रोचक
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

युवा नेतृत्व, परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा, आजैबाट सुरुवात गरौं

दमक पोष्ट by दमक पोष्ट
२०७८ चैत्र २, बुधबार २०:५४
in जीवनशैली, समाज
0
युवा नेतृत्व, परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा, आजैबाट सुरुवात गरौं
169
SHARES
527
VIEWS
Spread the love

परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा आजैबाट सुरुवात गरौं ।

यदि हामिले राजनैतिक धारबाट अर्थात राजनीति पाटोबाट देशको मुहार फेर्छौ, राज्यलाई समृद्धि तर्फ उन्मुख गर्ने सोचमा छौँ, भने यो सोच्नु सहि होला तर अहिलेको यस्तो परिवेशमा कतिको जायज होला त यो सोच्नु? यो पनि बुझ्नु पर्छ । वर्तमान राजनैतिक परिवेशमा युवाको भुमिका के छ? कस्तो छ? अनि युवाको उपस्थिती कति छ त? यो बुझ्न जरुरी छ ।

नेपालको राजनैतिक अबस्था हेर्ने हो भने युवाहरुको उपस्थिति ज्यादैँ न्यून रहेको पाईन्छ । सधै नेताहरुको अघि पछि हिड्ने नेताहरुको झोला बोक्ने चाकडी गर्नेहरु केही मात्रामा राजनीति क्षेत्रमा देखिएका छ्न । तर स्वच्छ छवि उत्कृष्ट भिजन,सकारात्मक दृष्टिकोण क्षमताको विकास भएका आम युवालाई नेपाली राजनीतिमा आकर्षित गर्न नसक्नु र अवसर प्रदान नगर्नु राजनैतिक दलको कमजोरी हो । राजनीति एउटा फोहोरी खेल हो, जुनसुकै पार्टी वा नेताहरु आएपनि उस्तै हो भन्न थालिसकेका छन् नेपाली जनताले । यस्तो अबस्थामा राजनीति व्यबहार निर्णायक भुमिकालाई आत्मसात गर्दै निष्पक्षता र पार्दशिता हुन जरुरी छ । होइन भने राजनीति प्रति युवाहरुको जुन बितृष्णा जाग्दै गएको छ, आम जनताको धारणा पनि त्यस्तै नहोला भन्न सकिन्न । त्यसैले यो गम्भीर बिषयलाई राजनितिक दलहरुले बुझ्न आवश्यक छ ।

मुलुक भ्रष्टाचार, अपहरण, हत्या जस्ता घटनाले आक्रान्त बनेको अबस्थामा राजनैतिक नेत्तृत्व लिरहेका नेत्तृत्वपक्षबाट युवाहरूको भूमिका दायित्व संघर्ष अनि बलिदानिलाई कति महत्व दिइएको छ। यसको लेखाजोखा हुनु जरुरी छ। कुनै पनि सभा–समारोह जुलुस होस यात आन्दोलन गर्न नै किन नपरोस् जहाँ पनि पहिलो पक्ष अर्थात सबै भन्दा अघिल्लो पंत्तिमा युवाहरु नै उभिएका हुन्छन् । जति पनि परिवर्तनकारी शृङ्खलाहरु नै किन नभएका हुन जहाँ जता पनि युवा नै अघि लडिरहेका छन् । २०४६ को प्रजातान्त्रिक आन्दोलन होस् या २०६२/६३ को लोकतान्त्रिक आन्दोलन नै किन नहोस् घाम, पानी, भोक, प्यास सबै भुलेर राजनीति क्षेत्रलाई आड मानेर युवाहरु होमिएको पाईन्छ । तर सुरक्षाको लागि होस्, यात निजि स्वार्थका लागि आफू भन्दा सयौं मिटर अगाडि युवालाई सार्न सक्ने नेता भनौदाहरुले राजनैतिक नेत्तृत्वमा भने किन सधै पछि पारिरहेका छन् त युवालाई ?

नेपाली राजनीतिमा पछिल्लो समय युवाहरुको आकर्षक कमै मात्र रहेको छ । नेपाली राजनीतिमा परिवर्तन हुन नसक्नु, नेत्तृत्व लिनका लागि कपालै फुल्नु पर्ने जेलको जीवन नै बिताएको हुनु पर्ने यात प्रशस्त पार्टिलाई सहयोग हुनु पर्ने भन्ने धारणा छ र यहि परम्परा चल्दै आएको छ । जसले गर्दा युवाहरुले नेत्तृत्व पाउन सकेका छैनन् । आफू संग प्रष्ट भिजन पारर्दर्शी मार्ग नेत्तृत्वदायि भुमिका निर्वाह गर्न सक्ने क्षमता हुँदा हुँदै पनि अबसरको अभाबमा कयौ युवा बिदेश पलायन भएका छन् र दिनदिनै हुँदै छन् पनि यो प्रति राज्य जिम्मेवार बन्न कति आवश्यक होला एक पटक सोचौं।

लगनशीलता इमानदारीता निडर आत्मा विश्वसनियताले भरिएको युवा जोस जागर र शक्तिलाई चिन्न नसक्नु नेत्तृत्व पक्षको कमजोरी हो या नयाँ पुस्ताहरुले लिएको नैतिक शिक्षा, राजनीति परिवेश, समाज रुपान्तरणका अनेकौं फराकिला दृष्टिकोण भएका कारण एकात्मक रुपमा ओरालो लागेको हाबिगत नीति संधै पाकाहरुले नै नेत्तृत्व लिनु पर्छ भन्ने सोच भएकाहरुले गर्दा अझै पनि युवाहरु राजनीति नेत्तृत्वमा आउन सकिरहेका छैनन् ।

राजनीति नै एउटा यस्तो माध्यम हो जसले देशको मुहार बदल्छ देशलाई समृद्धिको बाटोमा डोहो¥राउछ र समाज राष्ट्रलाई सम्पूर्ण क्षेत्रमा अब्बल र विकसित बनाँउछ । योग्य, सक्षम र निष्ठावान युवाहरु राजनीतिमा आउन जरुरी देखिन्छ । नेपाल बाहेकका अन्य बिदेशी मुलुकहरुमा हेर्ने हो भने धेरै परिवर्तन युवा नेत्तृत्वमा नै भएको प्रशस्त उदाहरण छन् तिनिहरुबाट पनि केही बुझ्न र सिक्न जरुरी छ । समाज रुपान्तरण सहितको दिगो विकास प्राप्तिका लागि गरिने राजनीति अहिले आएर कमाउने भाँडो र निजि स्वार्थमा केन्द्रित भएको छ । यो जञ्जिर र बेथितिले भरिएको जालोबाट कसरी राजनीतिलाई जनताको प्रिय बनाउन सकिन्छ यो बुझ्न आवश्यक छ । त्यस कारण यो परिवर्तन गर्नका लागि आएको समय हो । हाम्रो पालामा आएको समयमा परिवर्तन नगरे कहिले गर्ने हामिले नगरे कसले गर्छ यो बुझौं, परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा आजैबाट सुरुवात गरौं ।

– मदन भट्टराई (जीतु), अर्जुनधारा । उहाँ एक लेखक, सञ्चारकर्मी हुनुहुन्छ ।


Spread the love
Previous Post

रेडियो झापाका संचालक स्वर्गीय शिवाकोटीको जन्म जयन्तिको अबसरमा बृद्धाश्रमलाई खाद्य सामाग्री प्रदान

Next Post

३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान

सम्बन्धित समाचार

Banner News

पूर्वाञ्चल नाजरिन मण्डलीले गर्यो दमकमा रक्तदान, ५९ पिन्ट रगत संङ्कलन ।

२०७८ चैत्र २, बुधबार २०:५४
Banner News

रास्वपाको ऐतीहासीक ईटहरी ९ नम्वर वडा अधीवेसन सम्पन्न ।

२०७८ चैत्र २, बुधबार २०:५४
तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन
Banner News

तेजापाकडका नेताकार्यकर्ताबाट सान्सद उम्मेदवार शेख सगिर आलमलाई सर्वसम्मत समर्थन

२०७८ चैत्र २, बुधबार २०:५४
बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।
कोशी प्रदेश

बालबालिकाहरुका लागि सो.एन्ड. रिप-क्याम्प दमकमा ।

२०७८ चैत्र २, बुधबार २०:५४
नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।
पत्रपत्रिका

नेकपा(माओबादी केन्द्र)निकट युवाहरुको जेन.जि रेडफोर्ष गठन ।

२०७८ चैत्र २, बुधबार २०:५४
तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।
कोशी प्रदेश

तम्मोर करिडोर कात्तिकेमा बोलेरो गाडी दुर्घटनामा ६ जनाको ज्यान गयो ।

२०७८ चैत्र २, बुधबार २०:५४
Next Post
३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान

३०० स्टाफ नर्सका लागि दरखास्त आह्वान

Discussion about this post

झापा न्युज पोर्टल प्रा.लि.द्वारा सञ्चालित दमक पोष्ट डटकम
Facebook Twitter Youtube

कार्यालय
दमक-२, बेलडागी, झापा

कम्पनी दर्ता नं.
२८२५०८/२०७८/०७९

सूचना बिभाग दर्ता नं.
३३९५-२०७८/०७९

स्थायी लेखा नं.
६१०२०३०३५

प्रेस काउन्सिल दर्ता नं.
३३८१-२०७८/०७९

हाम्रो टिम

अध्यक्ष/प्रबन्ध निर्देशक
चन्द्र कुमार राई

सम्पादक
लक्ष्मी नेपाल

 
समाचार तथा विज्ञापनकालागि हामीलाई हाम्रो मोबाईल नम्बर ९८०७९५३७७७, ९८४२०१३८८३ वा हाम्रो इमेल ठेगाना damakpost@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ
© प्रतिलिपि अधिकार २०७८ देखि २०८० दमक पोस्टमा सुरक्षित
Damak Post
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • अर्थ
  • राजनीति
  • नेकपा एमाले
  • माओवादी
  • नेपाली काङ्ग्रेस
  • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • राष्ट्रिय जनमोर्चा
  • जनता समाजवादी पार्टी
  • अन्तर्वार्ता
  • धर्म संस्कृति
  • कोशी प्रदेश
  • मधेस प्रदेश
  • बागमती प्रदेश
  • गण्डकी प्रदेश
  • लुम्बिनी प्रदेश
  • कर्णाली प्रदेश
  • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • सूचना प्रबिधि
  • पर्यटन
  • जीवनशैली
  • रोचक
  • समाज
  • प्रवास
  • सहित्य र कला
  • शेयर बजार
  • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • खेलकुद
  • कृषि
  • फोटो फिचर
  • शिक्षा
  • राशिफल
  • भिडियो
  • मौसम

© प्रतिलिपि अधिकार २०८० दमक पोस्टमा सुरक्षित

error: Content is protected !!