परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा आजैबाट सुरुवात गरौं ।
यदि हामिले राजनैतिक धारबाट अर्थात राजनीति पाटोबाट देशको मुहार फेर्छौ, राज्यलाई समृद्धि तर्फ उन्मुख गर्ने सोचमा छौँ, भने यो सोच्नु सहि होला तर अहिलेको यस्तो परिवेशमा कतिको जायज होला त यो सोच्नु? यो पनि बुझ्नु पर्छ । वर्तमान राजनैतिक परिवेशमा युवाको भुमिका के छ? कस्तो छ? अनि युवाको उपस्थिती कति छ त? यो बुझ्न जरुरी छ ।
नेपालको राजनैतिक अबस्था हेर्ने हो भने युवाहरुको उपस्थिति ज्यादैँ न्यून रहेको पाईन्छ । सधै नेताहरुको अघि पछि हिड्ने नेताहरुको झोला बोक्ने चाकडी गर्नेहरु केही मात्रामा राजनीति क्षेत्रमा देखिएका छ्न । तर स्वच्छ छवि उत्कृष्ट भिजन,सकारात्मक दृष्टिकोण क्षमताको विकास भएका आम युवालाई नेपाली राजनीतिमा आकर्षित गर्न नसक्नु र अवसर प्रदान नगर्नु राजनैतिक दलको कमजोरी हो । राजनीति एउटा फोहोरी खेल हो, जुनसुकै पार्टी वा नेताहरु आएपनि उस्तै हो भन्न थालिसकेका छन् नेपाली जनताले । यस्तो अबस्थामा राजनीति व्यबहार निर्णायक भुमिकालाई आत्मसात गर्दै निष्पक्षता र पार्दशिता हुन जरुरी छ । होइन भने राजनीति प्रति युवाहरुको जुन बितृष्णा जाग्दै गएको छ, आम जनताको धारणा पनि त्यस्तै नहोला भन्न सकिन्न । त्यसैले यो गम्भीर बिषयलाई राजनितिक दलहरुले बुझ्न आवश्यक छ ।
मुलुक भ्रष्टाचार, अपहरण, हत्या जस्ता घटनाले आक्रान्त बनेको अबस्थामा राजनैतिक नेत्तृत्व लिरहेका नेत्तृत्वपक्षबाट युवाहरूको भूमिका दायित्व संघर्ष अनि बलिदानिलाई कति महत्व दिइएको छ। यसको लेखाजोखा हुनु जरुरी छ। कुनै पनि सभा–समारोह जुलुस होस यात आन्दोलन गर्न नै किन नपरोस् जहाँ पनि पहिलो पक्ष अर्थात सबै भन्दा अघिल्लो पंत्तिमा युवाहरु नै उभिएका हुन्छन् । जति पनि परिवर्तनकारी शृङ्खलाहरु नै किन नभएका हुन जहाँ जता पनि युवा नै अघि लडिरहेका छन् । २०४६ को प्रजातान्त्रिक आन्दोलन होस् या २०६२/६३ को लोकतान्त्रिक आन्दोलन नै किन नहोस् घाम, पानी, भोक, प्यास सबै भुलेर राजनीति क्षेत्रलाई आड मानेर युवाहरु होमिएको पाईन्छ । तर सुरक्षाको लागि होस्, यात निजि स्वार्थका लागि आफू भन्दा सयौं मिटर अगाडि युवालाई सार्न सक्ने नेता भनौदाहरुले राजनैतिक नेत्तृत्वमा भने किन सधै पछि पारिरहेका छन् त युवालाई ?
नेपाली राजनीतिमा पछिल्लो समय युवाहरुको आकर्षक कमै मात्र रहेको छ । नेपाली राजनीतिमा परिवर्तन हुन नसक्नु, नेत्तृत्व लिनका लागि कपालै फुल्नु पर्ने जेलको जीवन नै बिताएको हुनु पर्ने यात प्रशस्त पार्टिलाई सहयोग हुनु पर्ने भन्ने धारणा छ र यहि परम्परा चल्दै आएको छ । जसले गर्दा युवाहरुले नेत्तृत्व पाउन सकेका छैनन् । आफू संग प्रष्ट भिजन पारर्दर्शी मार्ग नेत्तृत्वदायि भुमिका निर्वाह गर्न सक्ने क्षमता हुँदा हुँदै पनि अबसरको अभाबमा कयौ युवा बिदेश पलायन भएका छन् र दिनदिनै हुँदै छन् पनि यो प्रति राज्य जिम्मेवार बन्न कति आवश्यक होला एक पटक सोचौं।
लगनशीलता इमानदारीता निडर आत्मा विश्वसनियताले भरिएको युवा जोस जागर र शक्तिलाई चिन्न नसक्नु नेत्तृत्व पक्षको कमजोरी हो या नयाँ पुस्ताहरुले लिएको नैतिक शिक्षा, राजनीति परिवेश, समाज रुपान्तरणका अनेकौं फराकिला दृष्टिकोण भएका कारण एकात्मक रुपमा ओरालो लागेको हाबिगत नीति संधै पाकाहरुले नै नेत्तृत्व लिनु पर्छ भन्ने सोच भएकाहरुले गर्दा अझै पनि युवाहरु राजनीति नेत्तृत्वमा आउन सकिरहेका छैनन् ।
राजनीति नै एउटा यस्तो माध्यम हो जसले देशको मुहार बदल्छ देशलाई समृद्धिको बाटोमा डोहो¥राउछ र समाज राष्ट्रलाई सम्पूर्ण क्षेत्रमा अब्बल र विकसित बनाँउछ । योग्य, सक्षम र निष्ठावान युवाहरु राजनीतिमा आउन जरुरी देखिन्छ । नेपाल बाहेकका अन्य बिदेशी मुलुकहरुमा हेर्ने हो भने धेरै परिवर्तन युवा नेत्तृत्वमा नै भएको प्रशस्त उदाहरण छन् तिनिहरुबाट पनि केही बुझ्न र सिक्न जरुरी छ । समाज रुपान्तरण सहितको दिगो विकास प्राप्तिका लागि गरिने राजनीति अहिले आएर कमाउने भाँडो र निजि स्वार्थमा केन्द्रित भएको छ । यो जञ्जिर र बेथितिले भरिएको जालोबाट कसरी राजनीतिलाई जनताको प्रिय बनाउन सकिन्छ यो बुझ्न आवश्यक छ । त्यस कारण यो परिवर्तन गर्नका लागि आएको समय हो । हाम्रो पालामा आएको समयमा परिवर्तन नगरे कहिले गर्ने हामिले नगरे कसले गर्छ यो बुझौं, परिवर्तन संम्भब छ, त्यो पनि हाम्रै पालोमा आजैबाट सुरुवात गरौं ।
– मदन भट्टराई (जीतु), अर्जुनधारा । उहाँ एक लेखक, सञ्चारकर्मी हुनुहुन्छ ।
Discussion about this post