विराटनगर – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने जानकारी दिए ।
मृतक १५ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने बताउँदै कार्कीले भने,“दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने छ ।”
प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार पाँच जना घाइतेको उपचारका लागि हिजो नै हेलिकप्टर परिचालन गरी धरान ल्याइएको छ ।
मादीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबस सातघुम्ती मोडमा दुर्घटना भई डाँडाबाट तीन सय मिटर तल खसेको थियो ।
Discussion about this post